जंगली जनाबरकाे अाक्रमणबाट एकै महिनामा ५ काे मृत्यु ७ घाइते

चितवन,कार्तिक १८-

कात्तिक १७ गते चितवनको भरतपुर महानगरपालिका–१६ ब्रमपुरस्थित आफ्नै बारीमा आएको गैडा धपाउने क्रममा गैडाले आक्रमण गर्दा एक जना घाइते भएका थिए । कात्तिक १६ गते नवलपरासी देवचुली नगरपालिका–१७ कुलेनीस्थित खेतमा तोरी छर्न जाने क्रममा बाटोमा गैंडाले आक्रमण गर्दा एक जना गम्भीर घाइते भए । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भयो । कात्तिक १५ गते बर्दिया गेरुवा गाउँपालिका–४ राजिपुरस्थित एक नर्सरीमा गाईवस्तु चराइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्द ६८ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भयो ।

कात्तिक १४ गते सप्तरीको सप्तकोशी नगरपालिका–११ स्थित माँ सर्दारनी सामुदायिक वनमा गस्ती गर्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा एक जना घाइते भए । कात्तिक १२ गते चितवनको राप्ती नगरपालिका–६ हरजाली टोलमा घरनजिकै बाटोमा हिँडिरहेको अवस्थामा गैँडाले आक्रमण गर्दा एक जना घाइते भए ।

कात्तिक ११ गते बर्दियाको मधुवन नगरपालिका–४ धनौरास्थित नेपाल–भारत सीमा ८१ नम्बर पिल्लरनजिक भारतको जङ्गलमा च्याउ खोज्न गएको बेला बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भयो । कात्तिक १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ देउरालीस्थित जङ्गलमा चौरी गाई चराउन गएको बेला भालुले आक्रमण गर्दा एक जना घाइते भए । यी घटना पछिल्ला एक सातामा घटेका हुन् । प्रत्येक दिन देशका कुनै न कुनै स्थानमा जङ्गली जनावरले मानिसमाथि आक्रमण गरेका छन् । यस्ता घटनामा परी कतिको ज्यानै गएको छ भने कति घाइते बनेका छन् ।

बाघ, गैँडा, हात्ती र भालु जस्ता जङ्गली जनावरले मानिसमाथि गर्ने आक्रमणको क्रम पछिल्ला दिन बढेको छ ।  कात्तिक १ देखि १८ गते विहानसम्म जङ्गली जनावरको आक्रमणमा परी देशभर ५ जनाको मृत्यु भइसकेको छ भने ७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १ गते यता मात्र देशभर १२ ठाउँमा जङ्गली जनावरले मानिसमाथि आक्रमण गरेको छ ।

“२०७७ कात्तिक १ गतेदेखि आज १८ गतेसम्म जनावर आक्रमणका १२ वटा घटनामा ५ जनाको मृत्यु, ७ जना घाइते भएका छन्,” प्राधिकरणले आज एक सूचना निकाल्दै भनेको छ, “अधिकांश घटना जङ्गलमा घाँस दाउरा गर्न जाँदा घटेका छन् ।” राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा बढी जङ्गली जनावरको आक्रमणका घटनाहरू भएको प्राधिकरणले जनाएको छ। यस्ता क्षेत्रमा विशेष सावधानी अपनाउन पनि प्राधिकरणले स्थानीयलाई आग्रह गरेको छ ।

“विषेशतः राष्ट्रिय निकुञ्ज नजिक र जङ्गलमा जाँदा विशेष सावधानी अपनाउनुहुन अनुरोध गर्दछौँ,” प्राधिकरणले भनेको छ । प्राधिकरणका अनुसार २०७७ वैशाख १ गते यता मात्र जङ्गली जनावरका १२९ वटा घटना जानकारीमा आएका छन् । ती घटनामा १६ जनाले ज्यान गुमाइसकेका छन् भने ११८ जना घाइते भएका छन । यो अवधिमा २०४ घरपरिवार जङ्गली जनावरबाट प्रभावित बनेका छन् ।

जङ्गली जनावरको आक्रमणले पछिल्लो साढे ६ महिनाको अवधिमा ३३ लाख २१ हजार २५० रुपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ ।  गत वर्ष २०७६ सालमा जङ्गली जनावरले मानिसमाथि आक्रमण गरेका २५८ वटा घटना जानकारीमा आएका थिए । ती घटनामा ४० जनाको मृत्यु र १८१ जना घाइते भएका थिए। गत वर्ष जङ्गली जनावरको आक्रमणबाट ६४ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । २०७५ सालमा जङ्गली जनावरले मानिसमाथि आक्रमण गरेका २०५ वटा घटना जानकारीमा आएका थिए । ती घटनामा २७ जनाको मृत्यु भएको थियो भने १२० जना घाइते भएका थिए ।

उक्त वर्ष जङ्गली जनावरको आक्रमणबाट ५३ हजार ३४ हजार ६५० रुपैयाँ बराबरको क्षति भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

नारायणी अनलाइनबाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.