बालिका बिक्री गर्न खोज्ने एक पक्राउ, अर्को एक फरार

सप्तरी :

बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका आरोपितलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलालले बताए । पीडितहरुको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतवार दिएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी एक जना आरोपितलाई पक्राउ गरिएको हो ।

यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दशैंको मेला हेर्न राजविराज आएकी बालिकाहरुलाई आरोपितले ललाईफकाई कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए । बिहेको प्रलोभन दिई लगेका आरोपितले कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर भारत बिहारको करियौत पुर्याएको पछि थाहा पाएको पीडितहरुले बताए ।

करियौतका स्थानीयवासीले शंका लागी सोधपुछ गर्दा आरोपित फरार भएपछि उनीहरुले पीडितका परिवारका सदस्यलाई सम्पर्क गरी जिम्मा लगाएको पीडित परिवारले जानकारी दिए । यसअघि बेचविखनमा परेकी १५ वर्षीया बालिकाकी आमाले डाक्नेश्वरी नगरपालिका–३ का ४२ वर्षीया भदियादेवी मलाह, ४५ वर्षीय उतिमलाल मलाह र १९ वर्षीय सन्तोष मुखियाविरुद्ध अपहरण गरी बेचविखन गर्न भारत पु¥याएको भन्दै गत असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । स्थानीय व्यक्तिको सहयोगमा बाल संरक्षण एकाइ समस्तीपुरमा एक वर्षसम्म आश्रय लिएकी बालिकाको उद्धार भई घर फर्किएपछि आरोपितमध्ये भदियादेजी गत असोज २३ गते पक्राउ परेकी हुन् ।

रासस
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.