३६ प्रतिशत डाक्टर लाइसेन्सकाे परीक्षामा अनुत्तीर्ण


काठमाडौं :

नेपाल मेडिकल काउन्सिलले लिएकाे डाक्टरहरूकाे लाइसेन्सकाे परीक्षामा ३६ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

चिकित्सकीय पेसामा प्रवेश गर्नका लागि चिकित्सा विषय पढेर मात्र हुँदैन । पढेपछि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा उत्तीर्ण भएछि मात्र बिरामीको उपचार गर्न पाइन्छ । कार्तिक १ गते काउन्सिलले लिएको  परीक्षामा मेडिकल तर्फ करिब ३६ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् ।

लाइसेन्सिङ अथवा दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ १ हजार ३ सय ९० जना सहभागी भएकोमा ४ सय ९५ जना अनुत्तीर्ण भएका छन्। यो करिब ६४ प्रतिशत हुन आउँछ ।

यसैगरि डेन्टलतर्फ भने ४ सय ८१ जना सहभागी भएकोमा ८३ प्रतिशत अर्थात् ४ सय १ जनाले यो परीक्षा उत्तीर्ण गरेका छन् ।

विगतका वर्षहरुमा ४५ अथवा ५० प्रतिशत अनुत्तीर्ण हुने गरेकोमा यस पटकको उत्तीर्ण प्रतिशत राम्रो रहेको भनाई नेपाल मेडिकल एसोसिएसनको छ ।

नेपालमा सञ्चालित मेडिकल कलेजहरुमा भौतिक पूर्वाधार तथा पढाउने शिक्षकको अभाव रहेको र बिरामीको कमी भएको अवस्थामा त्यहाँको पढाईको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ । यस अवस्थामा गत वर्ष गठन भएको चिकित्सा शिक्षा आयोगले प्रभावकारी काम गर्न सकेमा विगतमा देखिएका बेथिति अन्त्य हुने विश्वास पनि एसोसिएसनले गरेको छ ।

काउन्सिलले स्नातक तथा विशेषज्ञ चिकित्सकलाई आफ्नो पेसा सुरु गर्नुअघि लाइसेन्सिङ परीक्षा सञ्चालन गर्ने गरेको छ । नेपालमा स्नातक तह अन्तर्गत करिब २६ हजार ४ सय र विशेषज्ञतर्फ करिब ७ हजार ८ सय जना चिकित्सकहरुले काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका छन्।

हाल नेपालमा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका तथा स्वायत्त संस्था गरी २१ वटा मेडिकल तथा ३ वटा डेन्टल कलेजहरु सञ्चालनमा रहेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.