Macau|Hong Kong|taiwan|world war|Cold War इतिहास र बर्तमानको नालीबेली|| World History | chinese History

बिषयका संबधमा चर्चा गर्दा सबै भन्दा पहिले केही महत्वपुर्ण घटना र मिति ख्याल गर्नु पर्ने हुन्छ।

सन १९१४ जुलाई २८ देखि सन १९१८ नोभेम्बर ११ सम्म लगातार ४ बर्ष सम्म पहिलो विश्व युद्ध भएको थियो। उक्त युद्धमा करिव १ करोड सैनिकहरु र 1 करोड जनता मारिएका थिए भने करिव २ करोड भन्दा बढी मानिसहरु घाईते भएका थिए । बेलायतको सरकारी तथ्यांक अनुसार उक्त युद्धमा करिव २०८ मिलियन डलर खर्च भएको थियो भने लाखौ बर्गकिलो मिटर भुभाग रणमैदानमा परिणत भएको थियो। सबै भन्दा बढी खर्च गर्ने मा बेलायत थियो भने त्यस पछि क्रमश अमेरिका, फ्रान्स र बेल्जियम लगायतका रास्ट्रहरु अग्र पंतिमा थिए । उक्त युद्दमा अमेरिकाले निकै धेरै हतियारको व्यापार गर्यो र सुपर पावरको दौडमा अगाडि बढ्न थाल्यो।त्यस पछि सन १९३९ सेप्टेम्बर १ देखि सन १९४५ सेप्टेम्बर २ सम्म ६ बर्श लगातार चलेको महा युद्धलाई दोस्रो विश्व युद्ध भन्ने गरिन्छ। दोस्रो विश्व युद्धको दौरान अमेरिकाले सन १९४५ अगस्ट ६ मा जापानको सहर हिरोसिमा र त्यसको ३ दिन पछि नागासाकिमा भयानक परमाणु बम खसाल्यो । युक्त घटनामा – जापानको शक्ति तहसनहस भयो र अन्तत – दोस्रो विश्व युद्धको समाप्तिको आधार खडा भयो।

दुनियाकै मनावता बिरोधी मात्र हैन युद्धको सामान्य नियमलाई समेत लत्याएर – अमेरिका द्वारा गरिएको उक्त आक्रमणमा परि – करिव डेढलाख जापानी निहत्था नागरिकहरुको हत्या भयो भने उक्त घटनमा परि दशौ लाख नागरिकहरु आजिबन अपांग र घाईते भएका थिए । बम खसालिएको स्थान पुर्ण रुपमा मरुभुमिमा परिणत भएको थियो। जे भए पनि उक्त घटनामा कारण दोस्रो बिश्व युद्धको समाप्ती भएको थियो।

त्यस पछि बिश्वको नेतृत्व गर्ने होडमा रहेको सोभियत संग र अमेरिका बिचको युद्धका कारण – फेरि पनि विश्व २ भागमा बिभाजित भयो।

अमेरिकालाई पछाडी पार्दै हालको रसियाको नेतृत्वमा १५ वटा देशहरु गणराज्यका रुपमा रहेर सोभियत संघमा आबद्ध थिए ।
रसिया,युक्रेन,जर्जिया,बेलोरसिया,उज्बेकिस्तान,अर्मानिया,अजरबैजान,काजकिस्तान,किर्गिस्तान,मोल्डोभा,तुर्किमिनिस्तान,ताजकिस्तान,लाट्भिया,लिथुआना,र इस्टोनिया गरेर १५ वटा देशहरु गणराज्यका रुपमा रहने गरि सोभियत संघको स्थापना भएको थियो।

समाजबाद हुँदै साम्यबाद स्थापना गर्ने कम्युनिस्ट ब्यबस्था अबलम्बन गरिरहेको रसियाको तागतका कारण पुजिबादि राज्य ब्यबस्थाको हिमायती रहेको अमेरिका तनावमा थियो । १५ वटा देशहरु मिलाएर बिश्वमा कम्युनिस्ट सत्ता स्थापनाको अभियान चलाईरहेको सोभियत संघ भत्काउने अमेरिकी योजना र अमेरिकाको पुजिबाद साम्राज्य बिस्तार गर्ने अभियानको चेपिवामा – विश्व नै २ समुहमा बिभक्त भयो । यसरी हतियार र भौतिक आक्रमण नगरी – एउटा समुहले अर्को समुहलाई सिध्याउन गरिएको षणयन्त्र , भण्डाफोर , भड्काउ र बाक युद्धलाई शीत युद्ध अर्थात अंग्रेजिमा कोल्ड वार भन्ने गरिएको छ।

उक्त युद्धका दौरान – हतियार निर्माण , अन्तरिक्षमा रकेट उडान, र शक्ति प्रदर्सनका गतिबिधिले तिब्रता पायो भने घातक हाईड्रोजन बम निर्माण जस्ता शक्ति प्रदर्सनका गतिबिधी भए। उक्त सबैभन्दा बढी घाटा रसियालाई भयो। रसियाको नेतृत्वको   सोभियत संघको बिघटन भयो भने बर्लिनको पर्खाल भत्काईयो र जर्मनीको पुन एकीकरण समेत भयो । सन १९४५ बाट सुरु भएको शीत युद्ध -सन १९९१ मा अन्त्य भएको थियो।

अब फेरि चीनको ईतिहास तर्फ लागौ ।।

मकाउ र हंकङ पनि चिनको अभिन्न अंग हुन। अर्थात चिनले मकाउ र हंकङलाई स्वायत्तता प्रदान गरेको छ।

मेनल्याण्ड चिनलाई कम्युनिस्ट चिन, समाजबादी चिन समेत भन्ने गरिन्छ भने – ताईबानलाई प्रजातान्त्रीक चीन या पुजिबाजी चिन भनेर समेत बुझ्ने गरिन्छ।

ताईबान कार्ड प्रयोग गरेर – चिन संग बदला लिदै गरेको इण्डियाका कारण – युद्धको स्थिती आउला?

इण्डिया र चिन बिच निकै भयानक सिमा बिवाद एकातिर छदै छ, त्यसमाथी – ताईवानलाई प्रयोग र परिचालनको रणनितिमा उत्रीएको इण्डियाको गतिबिधिका कारण अब के होला ? त्यसलाई बुझ्न यो- छोटो ईतिहास पनि हेर्नू पर्ने हुन्छ। दुबैले आफुलाई चीन भनेर संबोधन गर्दै आएका छन। चिनमा पनि रास्ट्रपतिय शासन छ भने ताईबानमा पनि रास्ट्रपतिय शासन छ। चिन र ताईबानको भाषा, शंस्कृती र परम्परा समान छ।

चिनको आधिकारिक नाम पिपुल्स रिपब्लिक अफ चाईना हो भने ताईबानको आधिकारिक नाम रिपब्लिक अफ चाईना हो। आखिर आधिकारिक देश अर्थात चिन भनेको कुन भुभाग हो? पिपुल्स रिपब्लिक भनिने चिनले रिपब्लिक मात्रै भनिने ताईवानको सत्तालाई अबैधानिक भन्दै आएको छ भने- ताइबानले – सि जिन पिङले शासन गरिरहेको मेन ल्याण्ड चिनको भुभागमा चलाईएको सत्तालाई अबैधानिक रहेको दाबी गर्छ।

अर्थात आफुलाई चिन भनेर परिचय दिने यी दुई रास्ट्रले एक एर्काको सत्ताको अस्तित्व मान्दैनन । किन यस्तो भयो ? त्यो हेरौ । हामिले सुन्दै आएको चिनले  यो ठूलो भुभाव चिन हो ? या यो सानो भुभाग चिन हो या – संपुर्ण भुभाग चिन हो? के हो बास्तबिकता? हरेक नागरिकले बुझ्नै पर्ने , अति महत्वपुर्ण बिषय हो चीन र ताईबानको बिषय।। हंकङ र मकाउ समेत यस्मा किन जोडियो? ईतिहास निकै लामो छ। तर आज लामो इतिहासलाई छोटकरिमा , प्रस्तुत गर्दै – सबै यथार्थ प्रस्ट पार्ने प्रयास गरिएको छ।

सबैभन्दा पहिले – चिनले इण्डियालाई चेतावनि दिएको प्रसंगको चर्चा गर्नेछौ, त्यस पछि चिन र ताईबान कुन चाहिँ देश आधिकारिक हो? इतिहासको महत्वपुर्ण जानकारी  प्रस्तुत गर्ने छौ।।।
——–===—==

अन्य बर्ष जस्तै ताइवानले सन 2020 मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै थियो । सन १९५० यताका समय देखि ताइवान र चिन बेग्ला बेग्लै रास्ट्रका रुपमा देखिन्छ। स्वसासित क्षेत्रका रुपमा आफ्नो देशको अभिन्न अंग रहेको भन्दै –  ताइवानलाई चिनले बेग्लै रास्ट्र मान्दैन भने – चिनका बिरोधी – बिपरितका अमेरिका र इण्डिया लगायतका देशले भने ताइबान स्वतन्त्र रास्ट्र रहेको र चिनको अभिन्न अंग नरहेको भन्ने ओकालत गर्दै आएका छन । आखिर के हो बास्तविकता? चिन , ताईबान र तिब्बतको इतिहास र बास्तबिकताका संबन्धमा पछिल्लो भिडियोमा बिस्तृत जानकारी प्रस्तुत गर्ने छौ।

तर आज – ताईबानको बिषयलाई लिएर – इण्डिया स्थित चिनिया दुतावासले – निकालेको बिग्यप्तिले – इण्डियामा पैदा भएको तरंगको बिषयको बास्तबिकता हेरौ ।

हरेक बर्ष ओक्टोबर 10 मा ताइवानले आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दछ। यश पटक पनि तयारी भैरहेको थियो ।

इण्डिया र अमेरिकाले यश समय आफ्ना दुस्मन रास्ट्रका बिरुद्ध प्रचालित रहेका देशहरुलाई नाटकिए सहायता गरेको पाईन्छ।

यसो त इण्डियाले नेपाललाई गरेको वा गर्ने भनेको सहयता नेपालको हितमा छैनन। बरु ती सहयताले इण्डिया संगको परनिर्भरता बढाउने र चिन लगायतका देशका बिरुद्ध परिचालन गरि नेपालको अन्तार्स्त्रीय संबन्ध र असंलग्नताको नितिलाई ध्वस्त पारी एक्ल्याएर – आफ्नो नियन्त्रण र हैकम कायम गर्ने अभिप्राय रहेको अध्ययनहरुले प्रमाणित गरि सकेको छ। र अमेरिकि योजना कार्यनवयनका लागि इण्डिया परिचालित हुँदै आएको छ। पछिल्लो समय चिनले समेत नेपालमा अनाबस्यक चलखेल गर्न थालेको

इण्डियाले यश समयलाई अबसरका रुपमा लिएर गतिबिधी बढाउदै – आफ्ना देश भरी रहेका संचार माध्यमहरुबाट – ताईबानको रास्ट्रीय दिबसको सुभकामना मात्र दिएन कि – उक्त सुभकामना को बिग्यापनमा – उल्लेखित दृश्य र शब्दहरुलाई लिएर  – चिनले आपति नै जनाउने स्थिती देखियो ।

इण्डियन संचार माध्यमहरुमा प्रसारण र प्रकासन गरेका सुभकामना संदेशमा – गणतांत्रीक रास्ट्र चिन भनेर संबोधन गरिएको थियो भने चिनको रास्ट्रपतीका रुपमा – साई इङ वेन लाई प्रस्तुत गरिएको थियो।

यश घटना पछो इण्डियामा रहेको चिनियाँ दूतावास इण्डियाको गतिबिधी बिरुद्ध सक्रिय भएको छ।

चिनियाँ दूतावासले इण्डियन मिडियाहरुलाई पत्र पठाउँदै भनेको छ ‘विश्वमा एउटामात्रै चीन रहेको र ताइवान चीनको अभिन्न अंग’ हो।

इण्डियका धेरै जसो पत्रपत्रिकामा ताइवानको राष्ट्रिय दिवसको अवसरमा विज्ञापन प्रकाशित भएको थियो।

इण्डियाको यो कार्य ताईबान प्रती सम्मान गर्न नभएर चिनलाई काउण्टर दिने अभिप्रायले गरिएको इण्डियाको
आशय प्रकट भैसकेको छ।।।

जति ठूलो !! उति धेरै । अस्तब्यस्त र घिनलाग्दो भन्ने उक्ति धेरै हद सम्म इण्डियामा लागू हुने गरेको पाईन्छ।।।

छिमेकका पाकिस्तान र चिन संग सिमा बिवाद रहेका कारण इण्डियनहरु ती देश प्रती अति घटिया तर्क गर्ने गर्छन? पाकिस्तानबाट बगेर आउने हावामा कोरोना आउने गरेको।।। टिकटकबाट समेत कोरोना सर्ने भन्ने जस्ता झुट र अति बिबेकहिन तर्कमा रमाउने इण्डियाका तर्कलाई पत्याउने त्यहाका जनताहरुको चेतनाको स्तर अति दयनिय रहेको देखिन्छ भने अमेरिकि रास्ट्रपती ट्रम्पले समेत चिनियाँ कोरोना भन्ने जस्ता – संबेदनहिन तर्क गरेको देखिनुले मानव जातिको चेतना र बिबेकको स्तर खस्किएको मात्र हैन- तर्क र तथ्यको समन्जस्यता नभएका -हौडी भनाईहरु पत्याउने जनता उत्पादनमा लागेका इण्डिया र अमेरिकाले मानव जातिको सदभाव र संवेदना माथी निरन्तर हमला गरिरहेका छन।

आफ्नो व्यापार वृद्धि र अरुको व्यापार ध्वस्त पार्ने बहानामा गरिएका – तथ्यहिन -” भ्रामक, हौडी र संबेदनाहिन बन्दै गएको इण्डिया र अमेरिकाका कारण
विश्व समुदाय- आतंकित बनेको छ।

दूतावासले भारतीय मिडियाहरुलाई पत्र पठाउँदै ‘विश्वमा एउटामात्रै चीन रहेको र ताइवान चीनको अभिन्न अंग’ भएको उल्लेख गरेको छ।

भारतको पत्रपत्रिकामा ताइवानको राष्ट्रिय दिवसको अवसरमा विज्ञापन प्रकाशित भएको थियो।

इण्डिया द्वारा छपाईएको उक्त सुभकामनामा ताइवानलाई ‘रिपब्लिक अफ चाइना’ र ताइवानकी लिडरलाई राष्ट्रपति भनेर लेखिएको थियो। इण्डियाको यश कार्यको बिरोध गर्दै इण्डियामा रहेको चिनिया दूतावासले पत्र सार्वजनिक गरेर इण्डियन मिडियालाई भनेको छ– ताइवानलाई रिपब्लिक अफ चाइना’ भन्दै ताइवानकी लिडरलाई राष्ट्रपति भनेर सम्बोधन गर्न अग्यानता र भ्रमको खेती हो।

ताइवानलाई बेग्लै राष्ट्र भनेर सम्बोधन नगर्न भन्दै दूतावासले इण्डियन मिडियाहरुलाई ‘एक चीन नीति’ विरुद्ध नजान आग्रह गरेको छ।

ग्यात रहोस – सन १९४५ अक्टोबर २४ देखि सन १९७१ अक्टोबर २४ सम्म ताईबान टापुबाट संचालित सत्तालाई संयुक्त रास्ट्रसंघले मान्यता दिएको थियो। सत्ता च्युत भए पछि भागेर -चिन कै अर्को भुभाग ताईवान टापुलाई कब्जा गरि  सत्ता स्थापना गरेका च्याङ काइ सेकको सत्तालाई संयुक्त रास्ट्रसंघबाट मान्यता दिलाउने कार्यमा अमेरिका लगायतका पश्चिम देशहरुको भुमिका रहेको थियो।

तर सन १९७१ मा आएर – अमेरिकाको रणनिती बद्लियो। किन कि मेन ल्याण्ड चिनमा अरवौ जनसंख्या थियो भने ताईवानमा केही करोड मात्र। मेन ल्याण्ड चिनमा आफ्नो बजार बिस्तार गर्ने बाटो खुलाउने अभिप्रायले – अमेरिकाले फेरि – ताईबानको सदस्यता खोसेर – मेन ल्याण्ड चिनको सत्तालाई मान्यता दिने र मेन ल्याण्ड चाईनाको कम्युनिस्ट सत्तालाई संयुक्त रास्ट्र संघको सदस्यता प्रदानका लागि भुमिका खेल्यो । फल स्वरुप सन १९७१ अक्टोबर २४ मा चिनको कम्युनिस्ट सत्ताले संयुक्त रास्ट्र संघको मान्यता पायो।

अहिले ताईवानलाई चिनको अभिन्न भुभागका रुपमा -विश्व समुदायले स्विकारेको छ भने – ताईबानले विश्व समुदाय संग कुटनैतिक संबन्ध निर्माण गर्दा चिन मार्फत मात्र हुने गरेको छ। बिश्वका देशहरुले चिन संग संबन्ध र संझौता गर्दा एक चिन नीति अर्थात – ताइवान, हंकंङ, तिब्बत , मकाउ लगायतका राज्यहरु चिनको अभिन्न अंग रहेको र  यी राज्य संगको संबन्ध राख्दा चिन मार्फत मात्र रखिनु पर्ने सर्तलाई मान्नु पर्ने भनी हस्ताक्षर गर्ने ब्यबस्थालाई चिनले अनिवार्य गरेको छ।

तर सतही रुपमा हेरिदा मकाउ, हंकङ र ताईबान लगायतका राज्यहरी बेग्लै देश रहे जस्तो देखिए पनि
इतिहासको यथार्थ फरक रहेको पाईन्छ।

चिनको जस्तै  ताईबानिको पनि आफ्नो बेग्लै सेना छ , सत्ता समेत बेग्लै छ। कम्प्युटर प्रविधी उत्पादनको दुनियामा ताईबान बिश्वको अग्रणी स्थानमा छ। ताईबानमा प्रजातान्त्रीक राज्य ब्यबस्था अबलम्बन गरिएको भए पनि एसियाको बिकशीत मुलुकका रुपमा रहेको छ ।

भने बिश्वको शक्तिशाली र संपन्न रास्ट्र बन्ने दौडमा अग्रणी स्थानमा रहेको छ चिन। तर एक देश अनेक सिस्टमको सिद्धन्तमा रहेको चिनका भुमिमा ताईबान, हंकंङ, मकाउ लगायतका अन्य राज्यहरु रहेको भनेर बुझ्न सकिन्छ। चिनको मान्यतालाई ताईवान बाहेक अन्यले स्विकारेका पनि छन। पिपुल्स रिपब्लिक चिन अर्थात चिनको ठुलो भुभागमा।रहेको सत्तालाई मेन ल्याण्ड चाईना भन्ने गरिएको छ भने  रिपब्लिक चाईना लाई ताईबान भन्ने गरिन्छ।

बास्तवमा सन १९४९ सम्म एउटा मात्रै चाईना थियो । अर्थात मेनल्याण्ड चाईना र अहिलेको ताईबान दुबै भुभागलाई चाईना नै थियो।।।

मिङ चाओले स्थापना गरेको मिङ बंशको शासनको पतन पछि सन १६३६ मा स्थापित र सन १६४४ देखि १९१२ सम्मा शासन गरेको क्विङ बंशी ( qing dynasty) राजाको शासनकालमा – चिनको शक्ती कम्जोर थियो।

चीन भिभिन्न भागमा बिभाजित थियो। उक्त परिस्थितिलाई मौकाका रुपमा लिदै जापानले चिन माथी हमला गर्यो सन 18 94 देखि ९५ सम्म भएको लडाईमा चिनको हार भयो र फोर्मोसा टापु लगायतका चिनियाँ भुमिमा जापानको कब्जा कायम भयो।उक्त युद्धबाट कोरियामा समेत जापानको कब्जा कायम भयो। त्यस समय सम्म कोरिया समेत चिनको हैकममा थियो । जापानको हमला पछि कोरियामा समेत जापानको साम्राज्य कायम भएको थियो।

त्यसपछि चिन विभिन्न राज्यमा बिभक्त हुँदै झन कम्जोर बनिरहेको थियो। भने जापानी साम्राज्यको जग झन बलियो बन्ने आधार बढिरहेको थियो।

आफू आफुमा टुटफुट र बिभाजन हुदा बिदेसिले फाईदा लिने – यथार्थलाई बुझ्दै – चिनमा एकिकरणको कार्य प्रारम्भ भयो।

जापानी साम्राज्यको जग्जगी हुन थालेपछि चिनमा रास्ट्रबादी शक्तिहरुको एकीकरणको कार्य पूरा भयो र जापान बिरुद्धको लडाईको तयारी हुन थाल्यो।  चिनमा गृह युद्ध संचलान गरिरहेको माओ नेतृत्वको बिद्रोही शक्तिले पनि जापानी साम्राज्यका बिरुद्ध संघर्सको गतिबिधी गरिरहेकै थियो।भने आफ्नै देशको पुरानो सत्ता पल्टाएर जनबादी सत्ता स्थपनाको संघर्ष पनि गरिरहेकै थियो।

नेस्नालिस्ट बिचारधारा बोकेको कोमिन्ताङ पार्टिका —च्याङ् काई सेक-== र कम्युनिस्ट बिचारधारा बोकेको पार्टिका माओत्सेतुङले एकमतले चिन बाट जापानको साम्राज्य हटाउने बिषयमा संघर्ष गरिरहेकै थिए।  भने कम्युनिस्ट ब्यबस्था स्थापनाका लागि गृहयुद्धमा होमिएको माओ नेतृत्वको कम्युनिस्ट समुह र सत्तामा रहेको – च्यान काई सेक नेतृत्वमा सोसलिस्टहरु एक आपसमा लडिरहेकै थिए।

सन १९४५ मा जब दोस्रो विश्व युद्धको दौरान अमेरिकाले जापानमा परमाणुबम खसाल्यो त्यस लगत्तै चिनबाट जापानी साम्राज्यको अन्त्य सुरु भयो।भने कोरिया र चिन स्वतन्त्र भए। उता कोरिया स्वतन्त्र हुना साथ – पुजिबादी सत्ता बनाउनु पर्ने भन्दै अमेरिको समर्थक र कम्युनिस्ट सत्ता स्थापना गर्नु पर्ने भन्ने सोभिय संगको पक्षका – शक्तिहरु बिछ संघर्ष सुरु भयो ।

सन १९४५ मा कोरियाले जापानी साम्राज्यको चंगुलबाट छुटकारा पाएको थियो। स्वतन्त्र भए लगत्तै अमेरिका र तत्कालिन सोभियत संघ बिचको स्वार्थको लडाईको चेपुवामा परेर अन्तत सन १९४८ मा – सिङ्गो कोरिया फुटेर उत्तर र दक्षिण कोरियामा बिभक्त भयो।

sun yat- sen ले गठन गरेको Kuomintang (कोमिन्ताङ) पार्टिको स्थापना भए संगै चिनबाट जापानी साम्राज्यबादी शक्तिलाइ धपाउने योजना मुताबिक
चिनमा रास्ट्रबादी पार्टिको स्थापना भयो। र कैन्यौ भुरे राज्यमा बिभक्त रहेको चिनलाई एउटै सिंगो रिपब्लिक चिन देशको एकिकरणको कार्यमा चिनका संपुर्ण शक्तिहरु एक जुट भए र चिनको एकिकरण कार्य पूरा पनि भयो। तर सन-यात्सेन को सन १९२५ मा देहान्त भएपछी कोमिन्ताङ पार्टी २ समुहमा बिभाजन भयो।

नेस्नलिस्ट बिचारधारा बोकेको समुहले सत्ता चलाइ रहेको थियो भने  जनबादी राज्य सत्ता स्थानाको संघर्षमा रहेको कम्युनिस्ट बिचार बोकेको समुहले – बिद्रोहको थालनी गर्यो।

नेस्नलिस्ट बिचार धारा बोकेको पार्टिले चिनमा शासन चलाई रहेको थियो भने कम्युनिस्ट बिचारधारा बोकेको समुहले – गृह युद्धको थालनी गर्यो ।

त्यस समय सत्ता चलाई रहेको समूह अर्थात नेस्नलिस्ट बिचारधाराको नेतृत्व chiang kai-shek ले गरे भने कम्युनिस्ट बिचारधार लिएर – माओत्सेतुङको नेतृत्वमा
जनयुद्धको थालनी गरियो।।।

सन १९४९ सम्म चिनमा सत्ताधारी सोसलिस्ट पार्टी र बिद्रोही कम्युनिस्ट पार्टि बिच घमासन संघर्ष जारी रहयो।

लाखौ कम्युनिस्ट जनताहरुको सामकिक नर संहार गरेर पनि आफ्नो सत्ता टिकाउने क्रुरता पुर्वक उत्रीएको च्याङ काई सेकको सत्ताको शक्ति क्षीण हुँदै गयो भने माओ नेतृत्वको कम्युनिस्ट पार्टिले चिनको ठूलो भुभागमा कब्जा गर्न सफल भयो । अन्तत -चिनमा सन १९४९ ओक्टोबर १ मा च्याङ काई सेकको सत्ता ढल्यो र माओत्सेतुङ नेतृत्वको कम्युनिस्ट सत्ता स्थापना भयो।

-त्यस पछि सत्ता गुमेको पिडाबाट बिछिप्त भएका च्याङ काई सेक- मेन ल्याण्ड चिन बाट भागेर  सानो- टापुमा रहेको भुभाग – ताईवानमा गएर बस्न थाले। र त्यहा शासन गर्न थाले । उदाहरणका लागि नेपालमा राजतन्त्रको अन्त्य भएपछी – ग्यानेन्द्र शाहले – मुस्तामङमा गएर – एउटा भुभाग कब्जा गरेर – शासन गरेको र नया सत्ताले उनलाई लखेट्न नसकेको भने जस्तै – च्याङ काई सेकले – टापुका रुपमा रहेको चिनियाँ भुभाग ताईवानमा सत्ता स्थापित गरेर शासन चलाउन थाले। समुद्रको बिचमा रहेको र अमेरिका लगायत शक्ति रास्ट्रहरुको समर्थन पाएका – च्याङ काई सेकलाई -चिनियाँ जनमुक्ती शेनाले – हराउन सकेन र – एउटै देशको भुभागमा २ वटा सत्ता स्थापित हुन पुग्यो।

मेन ल्याण्ड चाईनामा कम्युनिस्ट सत्ता स्थापित भयो भने ताईवानमा गणतान्त्रीक सत्ता स्थापित भयो।।।र अहिले सम्म पनि एउटा देश चिनको भुभागमा २ वटा सत्ता चलिरहेको छ।।। पिपुल्स रिपब्लिक चाईनाले ताईवानको रिपब्लिक सत्तालाई अबैधानिक भन्छ भने – ताईबानले मेन ल्याण्ड चाईनामा स्थापित कम्युनिस्त सरकारलाई अबैधानिक भन्दै आएको छ।

यी दुबै सत्ताले – आखीर आफुलाई चाईना नै भनेर – प्रस्तुत गर्दै आएका छन

एउटा ठूलो भुगोल मेन ल्याण्ड चिन र अर्को समुन्द्रको बिचमा रहेको फर्मुसा टापुमा चिनियाँ भुभाग हो। अहिले उक्त फर्मुसा टापुलाई ताईवान भन्ने गरेको छ।

अहिले मेन ल्याण्ड चाईनामा सि जिनपिङ रास्ट्रपती रहेका छन भने – चिनकै सानो टापु ताईवानमा – साई इङ वेन रास्ट्रपती छिन। एउटै देशमा २ वटा प्रतिद्वन्दी सत्ता संचालनमा रहेको -/यो दुनियामा अन्त कहि छैन।।।

माओ को नेतृत्वको जनयुद्धको सफलता पछि – चिनमा २ वटा सत्ता स्थापना भएको भनेर बुझ्न सकिन्छ।।।

ग्यात रहोस Mao Tse Tung लाई माओ Zedong  भन्ने गरिएको छ।।।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.