दुबारगाउँका पहिरोपीडितलाई लमजुङ परिवार दक्षिण कोरियाको २५ हजार राहत सहयोग

लमजुङ परिवार दक्षिण कोरियाले लमजुङको दोर्दी गाउँपालिका ८, दुबार गाउँका पहिरोपीडितका लागि राहत सहयोग गरेको छ ।
राहत सहयोग रकम शुक्रबार दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ । लमजुङ परिवार दक्षिण कोरियाले पठाएको २५ हजार रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङले गाउँपालिका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । महासंघका अध्यक्ष गुरुङले गाउँपालिका अध्यक्ष गुरुङलाई उहाँकै कार्यकक्षमा पुगेर रकम हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष गुरुङले राहत सहयोग रकम पीडितसामु पु¥याइने बताउनुभयो । गत बर्खायाममा गाउँमा पहिरो चल्नुका साथै जमीन भासिएपछि दुवार गाउँका स्थानीय समस्यामा परेका छन् । उनीहरुलाई राहत स्वरुप दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले राहत रकम संकलन गरेको हो । गाउँपालिका अध्यक्ष गुरुङले राहत सहयोगका लागि लमजुङ परिवार दक्षिण कोरिया र कोरियामा रहेका लमजुङे साथै नेपालीलाई धन्यावाद ज्ञापन गर्नुभयो ।
लमजुङ परिवार दक्षिण कोरियाले यसअघि मध्यनेपाल नगरपालिका ६, लामासोती, भदौरे, पुरानडिही, गुम्बाबेंसीका पहिरो पीडितका लागि ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।
लमजुङ परिवार दक्षिण कोरियाले मस्र्याङ्दी गाउँपालिका वडा नं. ५, तल्लो चिप्ला घर भइ हाल वडा नं. ४, च्याम्चेमा बस्दै आएका रक्त क्यान्सर पीडित १५ बर्षीय विकाशल विकलाई पनि सहयोग गरेको छ । बालकको उपचारको लागि ४१ हजार रुपैयाँ सहयोग गरेको परिवारका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार मध्यनेपालका पहिरोपीडित र क्यान्सरपीडित बालकलाई संस्थाका निवर्तमान अध्यक्ष मेख दुराले राहत रकम हस्तान्तरण गर्नुभ्एको हो ।
अध्यक्ष गुरुङले विभिन्न किसिमका दुःख, पीडामा परेका तथा बिरामी असहायलाई सामूहिक प्रयोसबाट सहयोग गरिएको बताउनुभयो । विदेशमा भएका दाजुभाइ दिदीबहिनीले आफ्नो पीडालाई एकारित राखेर जन्मभूमि र जन्मभूमिमा रहनुभएका दाजुभाइ दिदीबहिनीप्रति माया झल्काएर पीडितलाई सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.