असाेज २१ गाेरखा ।
गाेरखा नगरपालिका कुन्दुरटारमा रहेकाे महेन्द्र मा.वि.मा एक शिक्षक एक ल्यापटप कार्यक्रम सम्पन्न भएकाे छ ।
बाल बिकासदेखि कक्षा १२ सम्म पठन पाठन हुने साे बिद्यालयका शिक्षकहरूका लागि बिद्यालयले ल्यापटप उपलब्ध गराएकाे बिद्यालयका प्रधानाध्यापक गाेपाल बाबु मरहट्टाले बताउनुभयाे ।
बिद्यालयमा ३० जना शिक्षकहरू कार्यरत रहेका छन् ।
काेराेना सङ्क्रमणका समयमा प्रविधिकाे प्रयाेग गरेर घरमा बसेर पनि बालबालिकाहरुकाे सिकाइमा सहयाेग पुगाेस भन्ने उदेश्यले ल्यापटप बितरण गरिएकाे प्रधानाध्यापक मरहट्टाले बताउनुभयाे ।
विद्यालय प्रशासनले बनाएको शैक्षिक योजना सफल बनाउन विद्यालय व्यवस्थापन समिति , गोरखा नगरपालिका शिक्षा शाखा, गोरखाले पुर्याउदै आएको सहयोगप्रति विद्यालका प्रधानाध्यापक मरहट्टाले धन्यवाद व्यक्त गर्नुभएकाे छ।
साे विद्यालय गाेरखा जिल्लामा नमुना विद्यालयका रुपमा विकास भैरहेकाे पनि प्रधानाध्यापक मरहट्टाले बताउनुभयाे ।