गान्धीकाे जन्म जयन्तीका अवसरमा ४१ एम्बुलेन्स र ६ बस उपहार

काठमाडौं, १६ असोज ।

भारतले महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसर पारेर नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ ।

सदाको बर्षझैँ यो बर्षपनि भारतले नेपाललाई सहायतामा निरन्तरता दिँदै  सहयाेग स्वरूप नेपाललाइ एम्बुलेन्स र बस सहयाेग गरेकाे नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले बताउनुभयो ।

बिगतका बर्षहरुमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई भारतले सहयोग गर्दै आएको थियो ।

भारत सरकारले दुर्गम जिल्लाका विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न, दर्गम जिल्लाका विद्यार्थीहरुलाई शिक्षाको पहुँच पुर्याउने उदेश्यले विभिन्न तवरबाट सहयोग गर्दै आएको छ । नेपाललाई भारतीय राजुतावास मार्फत सन् १९९४ देखि हालसम्म झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।

राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको छ । यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् ।

यसअन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।

एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् । एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।

आज छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको हो । यसले विद्यार्थीहरुलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.