गायिका विष्णु माझीले दुई लाख पारिश्रमिक लिएर गाएकाे गीतकाे अवस्था के छ त? भिडियाेसहित

गायिका विष्णु माझीले दुई लाख पारिश्रमिक लिएर गीत गाएकी छिन् । नेपालमा सर्वाधिक पारिश्रमिक लिएर गीत गाउने गायिका माझीले दुई लाख रुपैयाँ लिएर गाएकी हुन् ।

‘झुम्का झलक्कै’ विष्णुले दुई लाख लिएर गाएको पहिलो गीत हो । अस्ति साँझ सार्वजनिक भएको यो गीतमा विष्णुसँगै शनी विश्वकर्माको स्वर छ । शनी गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’का विजेता हुन् । उनको यो पहिलो गीत हो ।“विष्णु दिदीले डेढलाख बाट बढाएर दुईलाख पारिश्रमिक बनाए पछि गाएको यो पहिलो गीत हो,” शनीले भने ।

महङ्गो पारिश्रमिक लिएर गाउने उनले यसअघि डेढलाख पारिश्रमिक लिँदै आएकी थिइन् । तर उनले डेढलाख बाट बढाएर पारिश्रमिक दुईलाख पुर्याएपछि विष्णुलाई केही समय गाउन कसैले पनि अफर गरेको थिएन ।

एक वर्ष अगाडि गायक हेमन्त शर्माको गीत ‘बनमारा’ गाउँदासम्म विष्णु एकलाख पारिश्रमिक लिन्थिइन् । त्यसपछि केही गीतमा डेढ लाख पारिश्रमिक लिएकी उनले अहिले बढाएर दुई लाख पुयार्एकी हुन् । दुई वर्ष अगाडि ‘सालको पात’ गीत लोकप्रिय भएपछि उनले आफ्नो पारिश्रमिक अस्वाभाविक रुपमा बढाएको संगीतकर्मीहरु बताउँछन् ।

विष्णु सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टाढै रहेकी गायिका हुन् । उनी रेकर्ड गर्न स्टुडियो निस्किने बाहेक अन्य कामका लागि निस्किन्न् । स्टुडियोमा पर्दा लगाएर गीत गाउने उनी प्रायः कसैसँग बोल्दिनन् ।

“डोयट् गीत भए पनि हामीले एक्ला एक्लै गीत गायौं । तर म उहाँले गीत गाउँदा स्टुडियोमै थिएँ,” शनी भन्छन्, “उहाँले गीत गाउने टेक्निक भने मैले पनि देखेँ ।”

विष्णु स्टुडियोमा आएर एक घण्टा गाउने गीतको डेमो सुन्छिन् । अर्को एक घण्टा गाउने अभ्यास गर्छिनर र अर्को एक घण्टा लगाएर रेकर्ड गर्छिन् ।सामान्यतया नेपालमा गायक–गायिकाहरु गीत गाएकाे १० देखि २० हजारसम्म पारिश्रमिक लिन्छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.