कोभिडबाट मृत्यु भएकाको परिवारलाई गोरखा समाज हङकङको सहयोग

गोरखा संसार
२७ भाद्र, गोरखा ।
बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई गोरखा समाज हङकङले सहयोग गरेको छ ।
गोरखाको पालुङ्टार नगरपालिकाको वडा नं. ७ का ४० बर्षीय पुरुषको गत साउन मा ज्यान गुमाएकाको परिवारलाई आज एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको हो ।
गोरखा समाज हङकङबाट प्राप्त रकम पिडित परिवार समक्ष पुर्याउन गोरखा इन्टरनेशनल ट्राभल्स प्रा.लि. ले सहयोग गरेको हो ।
गोरखा इन्टरनेशनलका प्रोप्राइटर शुशील पन्तले आफ्नो गाउँकै व्यक्ति कोरोनाबाट ज्यान गएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले सहयोगको अपिल गरेसँगै समाजले आर्थिक सहयोग संकलन गरी पठाएको र उक्त रकम आफूले घरपरिवारसम्म पुर्याएको बताउनुभयो ।


गोरखा इन्टरनेशनलका प्रोप्राइटर पन्त बिगत लामो समयदेखि निरन्तर समाजसेवामा लागिरहनुभएको छ ।
समाजबाट संकलित ४० हजार रकम मृतकका परिवारलाई आज हस्तान्तरण गरिएको हो । समाजका सचिव पालुुङ्टार नगरपालिका वडा नं. ६ निवासी सागर (काजीमान) गुरुङमार्फत उक्त रकम संकलन गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगरप्रमुख ई. दिपकबाबु कंडेल, वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा नगरप्रमुख कंडेल तथा वडाध्यक्ष श्रेष्ठले सहयोगी मनहरुप्रति धन्यवाद ज्ञापन समेत प्रदान गर्नुभएको थियो ।

मृतकका श्रीमतीसहित १ छाेरा र १ छाेरी छन् ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.