शनिबार ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :

नेपालमा शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिनुभएकाे नियमित प्रेश ब्रिफिङमा पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूना परीक्षण गर्दा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे हाे ।

डा.गौतमका अनुसार ८८४ नयाँ थपिएका संक्रमितमा २४२ जना महिला र ६४२ जना पुरुष रहेका छन् । डा.गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, झापाका २० जना, धनकुटाका १९ जना, मोरङका ३१ जना, संखुवासभाका ३ जना र सुनसरीका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ७३ जना, बाराका २१ महोत्तरीका २६ जना, रौतहटका ५ जना, सप्तरीका २ जना, सर्लाहीका ८२ जना र सिरहका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १५५ जना, काभ्रेका १९ जना, चितवनका ५७ जना, दोलखाका एकजना, धादिङका ९ जना, भक्तपुरका १२ जना, ललितपुरका १९ जना, मकवानपुरका ९ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३ जना, नवलपरासी पूर्वका २३ जना, लमजुङका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका १९ जना, नवलपरासीका १० जना, बाँकेका २० जना, रुपन्देहीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका एकजना, जुम्लाका एकजना, दैलेखका एकजना, रुकुमपश्चिमका एकजना र सुर्खेतका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका१९ जना, कैलालीका १९ जना,दार्चुलका ३ जना, बझाङका २६ जना, बैतडीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १६ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ५५५ जना संक्रमित निको भएका छन् । शनिबार नै १२ जना संक्रमितको मृत्यु भएको पुष्टि गरिएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.