एसईई का विद्यार्थीको मूल्याङ्कनप्रति शंका

काठमाण्डाै :  गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कनप्रति शंका उत्पन्न भएकाे छ ।

काेभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि एक कार्यबिधी तयार गरी बिद्यालय लाइ नै अँक पठाउने जिम्मा दिइएकाे थियाे ।

विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले अधिकार दुरुपयोग गरेको पुष्टि हुन्छ । कोरोना भाइरस ९कोभिड–१९० का कारण परीक्षा नभएपछि सम्बन्धित विद्यालयका शिक्षकले नै अङ्क प्रदान गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने, त्यसलाई एकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिए अनुरूप विद्यालयले विद्यार्थीको ल्याकतभन्दा बढी अङ्क दिएको पाइएको हो ।

बोर्डले विद्यालयले नै पठाएको अङ्कलाई अक्षराङ्कनमा परिवर्तन गरेको हो । २०७६ सालको एसईईमा स्तरीकृत अङ्क ९जीपीए० ३।६ देखि ४।० प्राप्त गर्ने विद्यार्थी ७८ हजार १०९ रहेको पाइएको छ । जब कि जीपीए ३।६ देखि ४।० प्राप्त गर्ने २०७४ सालमा १८ हजार ३७ जना र २०७५ सालमा १७ हजार ५८० जना थिए । गत वर्षको नतिजा अस्वाभाविक भएको विश्लेषण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७४ सालमा करिब चार लाख ५३ हजार, २०७५ सालमा करिब चार लाख ५९ हजार र २०७६ सालमा करिब चार लाख ८२ हजार विद्यार्थी थिए । २०७६ सालको एसईईमा जीपीए ४।० ल्याउने नौ हजार ३०९ रहे ।

जब कि २०७४ सालमा ७४ जना र २०७५ सालमा १०६ जना थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले सत्यापन गर्ने अधिकार दिइएन । जे विद्यालयले पठाए, त्यसैका आधारमा प्रमाणीकरण गरियो भने । कक्षा–१० का विद्यार्थीको अन्तिम नतिजाका आधारमा विद्यालयले मूल्याङ्कन गरेको हो । कतिपय विद्यालयले अन्तिम परीक्षा लिएका थिएनन् र एसईई परीक्षामा सम्मिलित भएका भए प्राप्त गर्न सक्ने अनुमानित प्राप्ताङ्क दिएर पठाएका थिए भने कतिपय विद्यार्थी तथा अभिभावकको दबाबमा बढी अङ्क दिएका थिए ।

कतिपय विद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएका थिए । पनिका सूत्रबाट प्राप्त नतिजा अनुसार २०७६ सालमा विद्यालयले सबैभन्दा बढी जीपीए २।४ देखि २।८ का बीचमा विद्यार्थीको मूल्याङ्कन गरेका छन् ।
कोभिड–१९ को असरले छ महिना बितिसकेको छ । त्यो बेला नै रोकिएको कक्षा–१२ को परीक्षा अहिले पनि सञ्चालन हुनसक्ने अवस्था छैन ।

त्यसैले त्यो बेला सरकारले एसईईको नतिजा तयार गर्ने जुन विधि अपनाएको थियो सो असल नियत र विश्वमा भएको अभ्यास अनुरूप नै थियो तर शिक्षकको गलत नियतका कारण नतिजा अस्वाभाविक देखिएको हो । बोर्डका अध्यक्ष डा पौडेलले आफूहरूले परीक्षा सञ्चालन नगरेकाले विगतको भन्दा अहिलेको नतिजाबीच तुलना नगरेको प्रस्ट गर्दै यसमा भएका समस्याबारे पनि आफूहरूले विश्लेषण नगर्ने बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.