‘विरानो देश’ को म्युजिक भिडियो बजारमा, भिडियाेसहित

तनहुँ । वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको व्यथालाई आधार बनाएर निमार्ण गरिएको गीत ‘विरानो देश’ को म्युजिक भिडियो बजारमा आएको छ । अमरराज नहर्कीको शब्द रहेको यस गीतलाई लोकप्रिय म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंले बजारमा प्रशारणमा ल्याएको छ । गीतमा स्वर तथा सङ्गीत नवराज थापाको रहेको छ । म्युजिक भिडियोको निर्देशन समुन्द्र पौडेलले गरेका छन् । गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी रहेका छन् । गीतमा ड्रोन महेश वाग्ले र छायाङ्कन रमेश शर्माले गरेका छन् ।

नेपालमा बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतात्मक अवस्था रहेको र विदेश गएका कयौं युवा जोखिमयुक्त काम गर्नुपर्दा मृत अवस्थामा फर्किनु परेको कारुणीकतालाई गीतमा समेटिएको छ । स्थानीय, प्रदेश तथा संघिय सरकारलाई युवाहरुलाई स्वदेशमा रोजगारी दिने शिक्षा, दिक्षा दिने तथा वातावरण सृजना गर्ने दबाब दिने तथा युवाहरु पनि स्वदेशमै उद्यमशिल बन्न उत्प्रेरित बन्न मद्धत पुगोस् भन्ने उद्धेश्यले गीत विरानो देशको म्युजिक भिडियो निमार्ण गरिएको गीतकार नहर्कीले बताए ।

गीत यस्तो रहेको छ
हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ
विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बक्ति छैन झलमल
कसको हुन्छ र परदेशमा आउनलाई मन
रुँदै रुँदै आएको म कमाउनलाई धन
बुढाभाका, बा–आमाले हेर्छन् मेरै बाटो
शिर निहुराई ढोग्ने मन छ म जन्मेको माटो
अर्ति दिने बुढापाका, खेली हिड्ने साथी
बिर्सिदिन कहिल्यै पनि राख्छु शिर माथी

कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजनिक गर्ने चाहना भएपनि कोरोनाको कहरले गर्दा सिधै गीत बजारमा ल्याईएको म्युजिक भिडियोकी निर्माता प्रभा नहर्कीले बताइन । प्रेस युनियन तनहुँका अध्यक्ष समेत रहेका पत्रकार अमरराज नहर्की गोरखापत्र दैनिकमा सम्बद्ध छन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.