फेरी एक साता निषाधाज्ञा थपियाे

५ भदौ, चितवन ।

चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सबै सातबटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयाे ।

यसअघि साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिकाबाहकेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो। सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ । नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गर्ने र पालना भए नभएको अनुगमन गरिने सहायक प्रजिअ शर्माले बताउनुभयाे ।

चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । कोरोनाबाट झण्डै ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । अहिलेसम्म जिल्लामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । चितवनका अस्पताल, कृषि उद्योगहरुलाई कोरोना जोखिमको क्षेत्र मानिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.