भानुको सम्पुर्ण १३ वटा वडा सहित नगरपालिकाको सम्पुर्ण सेवा बन्द: १२७ जनाको स्वाब संकलन

शिव श्रेष्ठ

तनहुँ भानुको वडा न १ मा समुदायमा कोरोना पुष्टि भएपछि १ हप्ताका लागि नगरपालिकाको सम्पुर्ण सेवाहरु तथा १३ वटा वडा कार्यालय बाट प्रदान गरिने सेवाहरु पुर्ण रूपमा सबै बन्द गर्ने तथा वडा न १ लाई सिल गर्ने निर्णय गरिएको छ।

नेपालमा हाल लकडाउन हटेको भए पनि कोबिड 19 को संक्रमण बढ्दै गएको र समुदाय नै उच्च जोखिममा रहेकोे अवस्थामा भानु १ का ३४ वर्षिय एक पुरुषमा कोरोना देखिएपछि तत्काल वडाको आकस्मिक बैठक बसि १ हप्ताका लागि पुर्ण रूपमा सबै वडा सिल गर्ने निर्णय गरिएको र नगरपालिका बाट प्रदान गरिने र सम्पुर्ण १३ वटा वडाहरु बाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरि नगरपालिकाले सुचना निकालेको छ।भानुको सबै वडाका नागरिकलाई घर बाहिर ननिस्कन र अनावश्यक रूपमा हिडडुल नगर्न समेत अनुरोध गरिएको वडा अध्यक्ष प्रेम बहादुर लामाले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा बिनोद बिन्दु शर्मा द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिका अनुसार सोमबार तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको हो । केहि दिन अघि सामान्य लक्षण देखिएपछि थ्रोड स्वाबको नमुना लिई परिक्षण गर्न लगिएकोमा भानु १ र बन्दिपुर ५ का ३४ वर्षिय दुई समुदायका पुरुषमा कोरोना पुष्टि भएको हो। कोरोना देखिए संगै स्थानीयहरु त्रसित भएका छन् । मंगलवार वडा न १ का सन्क्रमितको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा सम्पर्कमा आएकाहरु करिब ८९ जनाको र नगरपालिकाका ३८ जना जनप्रतिनिधि र कर्मचारीहरु गरि १२७ जनाको स्वाब संकलन गरि परिक्षण गर्न लागिएको स्वास्थ शाखा प्रमुख ऐसोर्य चन्द्र भट्टराईले बताउनुभयो ।

नगरपालिकाले श्रावण २७ गते मंगलबार देखि लागु हुनेगरी भाद्र २ गते  मंगलवार सम्मको लागि सम्पुर्ण ब्यापार ब्यावसाय, उद्योगधन्दा कल कारखाना ,बैंक तथा बित्तीय सस्था सम्पुर्ण बन्द गर्ने निर्णय गरिएको छ। यस समयमा हाइवे र स्वास्थ्य सेवा खुल्ला रहनेछ । भानु र बन्दिपुरको सिमाना रहेको डुम्रे पुलमा प्रहरी परिचालन गरि आवतजावतमा कडाइ गरिएको छ। भानु नगरपालिका बाहिर जाने कुनैपनि सवारी साधनहरु बाहेक अन्य लाई प्रवेश गर्न र सामान लोड अनलोड गर्नको लागि निषेध गरिएको छ ।कोरोना सन्क्रमितलाई जि पि कोइराला स्वासप्रस्वास उपचार केन्द्र तनहुँ , बेलचौतारामा लगिएको थियोे। अहिले उनलाई श्वास फेर्न गार्‍हो भएको कारण भेन्टिलेटरमा राख्नको लागि पोखरा  लगिएको छ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.