सिताको तीज गीतमा समानताको‌ आवाज

पोखरा । २२ साउन

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी पत्रकार सीता रसाईलीको तिज गीत “बर्ष दिन बितेको” बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । लामो समयदेखि पत्रकारिता र लेखन तथा विभिन्न रचनात्मक कार्यक्रममा सक्रिय रहेकी रसाईलीको तीज कोशेली सार्वजनिक भएको हो ।
संगीतकारका रुपमा अलि बढी चिनिए पनि गीत लेखन, संगीत, गायन, वाद्यवादन, संगीत संयोजन, भिडियो निर्देशन, अभिनय जस्ता धेरै क्षेत्रमा आफूलाई उत्तिकै अब्बल सर्जकको रूपमा उभ्याउदै आएका बहुप्रतिभाशाली सर्जक “धुन सम्राट” बि.बि. अनुरागीले यस गीतमा शब्द रचना र संगीत गरेका छन् ।
सदियौंदेखि सामाजिक कलङ्कको‌ रुपमा रहेको जातीय बिभेदलाई यो अभिशापलाई‌ गीतकार अनुरागीले इङिगत गर्दै अब भत्सना र बिरोध मात्र होइन । कानूनलाई व्यवहारमा लागू गर्नुपर्छ भनेर गीत मार्फत जोड दिएका छन् ।
जातकै कारण कतिको ज्यानै समेत गैसक्यो
केही त गरौं अब त अति भैसक्यो
कति गर्नु भत्सर्ना कति विरोध गर्ने हो
कानुनलाई व्यवहारमा ल्याउनै पर्ने भाे
यसरी वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितका लागि सबै सचेत भई लाग्नुपर्ने गीतको मुल भाव हो ।
गायिका सीता रसाइली लामो समयदेखि अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेकी छिन् । अरूको समाचार लेखिरहने सिता यतिबेला गायिका बनेसँगै आफु‌नै समाचार बनेकी छन् ।
पहिलो पटक गायिकाको रुपमा यस क्षेत्रमा पाइला टेकेकी सीताको यो गीत गायिकीपनले गायनमा पनि धेरै सम्भावना देखिएको छ ।
सिताको‌ यस गीत प्रिज्म‌ डिजिटल काठमाडौंमा रेकर्ड गरिएको‌ हो भने श्यामस्वेत रसाईलीले मिक्सिङ‌/ मास्टरिङ‌, नविन घर्तिमगरले सम्पादन गरेका छन् । सो गीतको म्युजिक भिडीयोलाई शंकर बिसीले निर्देशन गरेका छन् । यस गीतको म्यूजिक भिडीयोमा अहिलेकी चर्चित मोडेलहरु अन्जली अधिकारी, बन्धना नेपाल र उत्साह घिमीरे लगायत कलाकारले अभिनय गरेका छन् भने गीतको निर्माण डा.मोम विश्वकर्माले गरेका हुन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.