सत्तारुढ नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

काठमाडौं :  राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो, यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल।

छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो। एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे। त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे। छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे। आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे। पार्टी एकता जोगाउने, पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्ने भन्नेमा समेत चर्चा गरे।

तर, मिल्दा के–के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने दुवै पुरानै रटानमा अडिए। स्रोत भन्छ– ओली स्थायी समिति बैठक रोकेर सचिवालय बोलाउने मनस्थितिमा थिए। दाहाल भने अवरुद्ध स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमै केन्द्रित देखिए।एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री स्थायी समिति बैठक बोलाउनेतिर देखिनु भएको छैन। केन्द्रीय समिति पनि उचालेर बोलाउन खोजिएको भन्नेमा हुनुहुन्छ। उहाँ सचिवालय बैठक बोलाउने, ३ साउनको प्रस्तावकै आधारमा सचिवालयवाट प्रस्ताव तयार पारेर अगाडि बढाउने गरी जान खोज्नु भएको छ। त्यसमा कुरा बाझिइरहेकै छ।’ साउन १३ मा ओलीले स्थायी समिति बैठक रोक्ने र दाहाल–नेपाल समूहले राख्ने दोहोरीबीच विवाद उत्कर्षमा पुगेको थियो। त्यसयता दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन। तर, दाहाललाई उनी निकट नेताहरूको बैठकले ओलीसँग संवाद गरेर सहमति खोजी गरी स्थायी समिति बैठक बोलाउन म्यान्डेट दिएको थियो।

त्यसयता दुई नेता आइतबार मात्रै संवादमा बसेका थिए। यसबीच दुवै अध्यक्षसँग महासचिव विष्णु पौडेलले दुई चरण र शंकर पोखरेलले दाहालसँग एक चरण छलफल गरेका थिए। त्यसले संवादको वातावरण बनाएको थियो।

बैठकमा १३ साउनमा दाहालको अध्यक्षतामा बालुवाटारमै बसेको बैठकलाई पार्टी बैठक भन्ने कि गुटको भेला भन्नेमा केहीबेर दुई अध्यक्षबीच भनाभन भएको थियो। दाहालले स्वेच्छाले एउटा पदबाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरेका थिए। ओलीले अहिले कुनै पद नछाड्ने बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा अड्डी लिएका थिए।बैठक सचिवालय बोलाउने या स्थायी समिति भन्नेमा पनि ओली दाहालका आ–आफ्नै मत थिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.