कुन प्रदेशमा कति संक्रमित ?

काठमाडाैं :नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३१५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो ।

प्रदेश नम्बर १ मा २२५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५७५ र गण्डकी प्रदेशमा ३१३ जना संक्रमित छन् ।

प्रदेश नम्बर ५ मा ३८७, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६७५ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचार गराइरहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८५६, प्रदेश नम्बर २ बाट ३ हजार १४९, बागमती प्रदेशबाट ५३२ र गण्डकी प्रदेशबाट १ हजार २५६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर ५ बाट ३ हजार ९७१, कर्णाली प्रदेशबाट १ हजार ७१८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टिनमा ११ हजार ५३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २५४, प्रदेश नम्बर २ मा १ हजार ५७३, बागमती प्रदेशमा ८५२ र गण्डकी प्रदेशमा २ हजार ९५३ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ५३६, कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९२२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.