माग सुनुवाई नभएसम्म शव नउठाइने

चितवन : सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका राप्ती नगरपालिका वडा नम्बर २ का राजकुमार चेपाङ्गको शव क्षतिपूर्ती नपाएसम्म नउठाउने भएका छन् । चेपाङ्ग संघ केन्द्रीय समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी दोषिलाई कारवाही र घाइते अन्यलाई निशुल्क उपचार र पीडित परिवारलाई लाई दश लाख रुपैयाँ क्षतिको व्यवस्था नभएसम्म शव नउठाउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष तेजेन्द्र चेपाङले आफूहरुको माग सुनुवाई नभएसम्म शव नउठाइने बताए । माग सम्बोधन नभए संघले चरणबद्ध आन्दोलन गरिने उनको भनाई छ ।

यस्तै मृत्युको घटना र माडीको कुसुमखोलामा भएको घटना प्रति संघले खेद व्यक्त गरेको छ । केन्द्रीय समितिको बैठकले माडीमा भएको घटनाका पिडित परिवारलाई गाँस, बास, कपास सहित तत्काल पुर्नबास गरिनुपर्ने, चेपाङ् समुदायको घर आगजनी, भत्काउने, अन्‍नबाली नष्ट गर्ने गराउन निर्देशन दिने कर्मचारी लाई कारवाही गर्नुपर्ने, चेपाङ् समुदायलाई स्थानान्तरण गर्दै परिवारलाई प्रशस्त मात्रामा जिविकोपार्जन गर्नसक्ने खालका वैकल्पिक व्यवस्थासहित पुर्नवास गरिनुपर्ने लगायतका ६ बुँदे माग उनीहरुको छ ।

साउन १ गते राजकुमारलाई सेनाले निर्घात कुटपिट गरेको आरोप छ । उनको उपचारको क्रममा साउन ८ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृतक चेपाङ्गको शव टिचिङ्ग अस्पताल महाराजगन्‍जमा राखिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.