सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति काे अध्यक्षमा मरहट्टा

गाेरखा ।

गोपाल बाबु मरहठ्ठाको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । महेन्द्र मावि कुन्दुर गोरखाका प्रअ समेत रहेका मरहठ्ठाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी(स्याङ्जा), उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल(पर्वत) र महासचिवमा सुर्य तिवारी (कास्की) रहेका छन् । यस्तै, सचिवहरुमा नइन्द्र गुरुङ(बागलुङ) र प्रेम लामिछाने (गोरखा) तथा कोषाध्यक्षमा सुमित्रा लम्साल (नवलपुर) रहेकी छन् ।

कार्यसमिति सदस्यहरुमा गमबहादुर खत्री(म्याग्दी), डा. नन्दबहादुर खत्री(म्याग्दी), पदमराज पन्थी(मनाङ), दिनानाथ त्रिपाठी(लमजुङ), मालती भट्ट(गोरखा), प्रेम गौतम(मुस्ताङ), होमनाथ पाण्डे(म्याग्दी) रहेका छन् । यस्तै, सल्लाहकार समिति संयोजकमा पूर्णचन्द्र काफ्ले (पर्वत) रहेका छन् ।

समितिमा अधिकांश विद्यालयका प्र अ, विव्यस अध्यक्ष एवं सदस्य, शिक्षक, शिक्षाविद्, अभिभावकलगायतका शैक्षिक सरोकारवालाहरु आबद्ध रहेका छन् ।

नवगठित समिति गण्डकी प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा क्रियाशील रहेको अध्यक्ष गोपाल बाबु मरहठ्ठाले बताए । विशुद्ध गैर राजनीतिक समाज मात्र सामुदायिक विद्यालयको सिकाइ सुधारमा मात्रै केन्द्रित रहने मरहठ्ठाको भनाइ छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.