आफ्नै भान्जाको अपहरण, फिरौती लिएर हत्या, १३ वर्षपछि पक्राउ

काठमाडाैँ : आफ्नै भान्जाको अपहरणपछि हत्या गरेर फरार भएका एकजना भारतीय नागरिकलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। भारतको सितामणी जिल्ला मुजप्फरपुरस्थित आखाडाघाट घर भएका ४५ वर्षीय राजेशकुमार गुप्तालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शनिबार सर्लाहीको मलंगवा नगरपालिका-८, गोरखकालीबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो। काठमाडौंको खिचापोखरी बस्‍ने राई स्कुल जोरपाटीका कक्षा ७ का विद्यार्थी रोहितकुमार गुप्ताको २०६४ असोज २४ गते अपहरणपछि हत्याग गरेर उनी फरार भएका थिए।

ती बालक साँझ ५ बजेको समयमा घरबाट बाहिर निस्किएको अवस्थामा अपहरणमा परेका थिए। त्यसपछि गुप्तासहितले टेलिफोन बालकका बुवा वासुदेव गुप्तासँग छोरा अपहरणमा परेका छोरा छुटाउन भन्दै २ लाख ५० हजार फिरौती मागेका थिए। फिरौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएका उनीहरुले आफ्नो वाचाविपरीत ती बालकको हत्या गरेका थिए।

फिरौती बुझाएर पनि छोरो अपहरणमुक्त नभएफछि वासुदेवसहित परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोजी गर्ने क्रममा असोज २७ गते राति काठमाडौं-३२, कमलादीस्थित गणेश मन्दिर नजिकै सडक पेटीमा पलास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा शव फेला पारेका थिए। त्यसपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो।

अनुसन्धानका क्रममा बालक आपहरण तथा हत्याको योजनाकार उनकै सहोदर मामा राजेशकुमार गुप्ता रहेको खुलेको थियो। उनीसँगै बालकको अपहरण र हत्यामा खिचापोखरीमा कोठा भाडामा लिई गुप्ताकै पसलमा काम गर्ने धादिङका विष्णु सुनारसमेत संलग्‍न रहेको खुलेको थियो। प्रहरीले विष्णुलाई तत्कालै पक्राउ गरेको थियो।

विष्णुले बयानमा जादु सिकाउने बाहानामा बोलाई उक्त कोठामा लगेर हत्या गरेको स्वीकारेका थिए। माइला सुनारले नाइलनको डोरीले घाँटीमा बाँधेरर कस्दा बालक चिच्याउन खोजेका थिए। त्यसपछि अपहरणमा संलग्‍न गुप्ताले रुमालले मुख थुनिदिएका थिए। दुवै जनाले घुँडाले थिचेर बालकको हत्या गरेको खुल्न आएको थियो।

घटनापछि उनीहरुले बालकका बुवासँग लिएको २ लाख रुपैयाँ फिरौती रकम राजेशले नै त्रिभुवन पार्कसम्म लगेको बताएका थिए। त्यसपछि अपरिचित व्यक्ति ट्याक्सीमा आएर उक्त रकम लगेको भनेर गुप्ताले बालकका बुवालाई बहाना बनाएको अनुसन्धानबाट खुलेको छ।

बालकको हत्यापछि शवलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा फ्याकेको पनि पत्ता लागेको थियो। त्यसपछि मृतकका वुवा वासुदेव गुप्तालाई समेत झुक्याएर गुप्ता उनीसँगै बसी प्रहरी कार्यालयमा गएका थिए।

केही समय खोजतलाश गरेको बहाना गरेका उनी त्यसपछि बेपत्ता भएका थिए। घटनामा संलग्‍न विष्णु सुनार २०६४ म‌ंसिर १२ गते पक्राउ परेर हाल कारागारमा छन्।

sauraha online

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.