बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक पक्राउ

पोखरा । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारी पक्राउ परेका छन् ।
बुधबार दिउँसो २ः३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजुरी गरेकी थिइन् । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले कन्ट्रोल रुममा घटनाको बारेमा जानकारी आएलगत्तै कास्की प्रहरी परिचालन भएर अधिकारीलाई पक्राउ गरेको जानकारी दिए ।

नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो । चितवनकी अन्दाजी ३० वर्षीय महिलालाई अधिकारीले आफ्नै क्वाटरमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुनसक्ने प्रारम्भिक बयानबाट देखिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । साउन १ गते तोकिएको ठाउँमा हाजिर हुनु एक दिन अघि बलात्कार जस्तो जघन्य अपराधमा उनी मुछिएका छन् ।

उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.