Trending

१० वर्षपछि कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले १० वर्षपछि कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ गरेको छ । साविक खैरेनीटार गाविस-७ हाल शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटार बस्ने ३७ वर्षीय ज्ञान बहादुर बिकलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको तनहुँ प्रहरीले बिकलाई मंगलबार बेलुका म्याग्दे गाउँपालिका-३ धयरेबाट पक्राउ गरेको प्रवक्ता तिमिल्सिनाले बताए । तनहुँ जिल्ला अदालतको मिति २०६७ कात्तिक १३ गतेको फैसलाले ६ बर्ष कैद र ४५ हजार ७५० रुपैयाँ जरिवाना हुने गरी फैसला भएको र फैसला पश्चात बि.क. फरार रहेको तनहुँ प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका अनुसार लुकिछिपी बस्दै गरेको अवस्थामा फेला परेका बिकलाई कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी रहेको ६ बर्ष कैद तथा तोकिएको जरिवाना भुक्तान गर्नका लागि कारागार पठाइएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker