बन्दीपुर गाउँपालिकाकाे बजेट ५५ करोड ५ लाख ८२ हजार ४४० रुपैयाँ

गाेरखा संसार

२५ असार ,

तनहुँको बन्दीपुर गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७७/०७८ को निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाले बुधबार सम्पन्न गरेको सातौ नगर सभाबाट आगामि आर्थिक वर्षका लागि ५५ करोड ५ लाख ८२ हजार ४४० रुपैयाँको बजेट सहित निती, कार्यक्रम पारित गरेको हो । ‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, र पूर्वाधार ः समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मुल आधार’ भन्ने मूल निती अवलम्बन गरेको गाउँपालिकाले कोभिड-१९ का कारण सृजित समस्यालाई सहजिकरण गर्दै अगाडि बढ्ने कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर निती, कार्यक्रम र बजेट ल्याइएको उपाध्यक्ष करुणा गुरुङले सातौ गाउँसभामा जानकारी गराएकी थिन् ।  संघ र प्रदेश सरकारको झ-झल्को दिने गरी आयोजना गरिएको गाउँसभामा उपाध्यक्ष गुरुङले आगामि आर्थिक वर्षका लागि अध्यक्षसंग रोजगार कार्यक्रम, बाँझो भूमिमा खेतिका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसंग महिला शिप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम, अध्यक्षसंग बालबालिका कार्यक्रम ल्याइएको जानकारी गराइन् । कृषि क्षेत्रलाई प्राथमिकतामा राखि ल्याएको निती, कार्यक्रम तथा बजेटमा एकहल गोरु १ थान हलो अनुदान कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रम, श्रम बैंक स्थापना, रोजगार कोषको स्थापना, आफ्नै पानी आफ्नै लगानी अन्तर्गत अति विपन्न परिवारलाई अनुदानमा इण्डक्सन चुलो वितरण, १ लिटर दुध उत्पादनमा १ रुपैयाँ अनुदान कार्यक्रम, मिनी म्याराथन तथा साइकिलङ प्रतियोगिता, बन्दीपुर पर्यटन भ्रमण वर्ष २०७८ कार्यक्रमहरु प्राथमिकतामा राखिएको उपाध्यक्ष गुरुङले जानकारी गराइन् ।त्यस्तै, गाउँपालिकाले आगामि आवमा विद्यालय दिवा खाजा कार्यक्रम, खरको छाना विस्थापन कार्यक्रम, गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयहरुसम्म कालोपत्रे सडक विस्तार कार्यक्रम, कोरोना (कोभिड-१९) कहर रोकथाम कार्यक्रम, मणि मुकुन्दसेन पर्खाल (मिनी ग्रेटवाल) निर्माण सम्पन्न, साइकल लेन पुरा गर्ने कार्यक्रम, जनप्रतिनिधि पार्क सम्पन्न गर्ने कार्यक्रम, सामुदायिक विद्यालयमा स्कूल बस लगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष गुरुङले गाउँसभामा जानकारी गराएकी थिएन् । गाउँपालिकाले आर्थिक विकासको मुख्य पाटोका रुपमा कृषि र पर्यटन क्षेत्रलाई लिइएको अध्यक्ष पूर्णसिंह थापाले बताए । उनले भने, ‘निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषितर्फ उन्मुख गर्दै व्यवसायिक कृषिलाई बजारको प्रतिस्पर्धी हुन एवं विषादीरहित र गुणस्तरीय उत्पादनका लागि कृषिका सबै सरोकारवालाहरु समेतको माग र आवश्यकाता अनुसार उपलब्ध स्रोतको आधारमा सहजिकरण गर्ने नितीलाई निरन्तरता दिएका छौं ।’ ‘बन्दीपुर गाउँपालिकालाई आर्गानिक उन्मुख गाउँपालिका बनाउने निती लिएका छौं, होमस्टे एवं होटलहरुलाई आर्गनिक उत्पादनसंग जोड्ने नितीलाई निरन्तरता दिएका छौं’, अध्यक्ष थापाले भने, ‘कृषि उत्पादकत्व वृद्धि गर्न निश्चित अवधिका लागि भिन्न एवं जोखिममा परेका कृषकहरु तथा त्यस्ता सेवा नपुगेका गाउँ क्षेत्रलाई लक्षित गरी साना सिंचाई आयोजनाहरुलाई विशेष प्राथमिकतामा साथ अगाडि बढाउन नितीलाई निरन्तरता दिएका छौं ।’  विभिन्न क्षेत्रलाई निश्चित गते र बारहरुमा सब्जी मण्डी, थोक, बजार, हाटबजार, तरकारी वा अन्य कृषि उत्पादन संकलन केन्द्रका रुपमा विकास गरी कृषि बजारलाई प्रवर्द्धन गर्ने निती लिएको गाउँपालिकाले कोल्ड स्तोरहरुको स्थापना गरी उत्पादित कृषि उपजको समुचित भण्डारणको व्यवस्था गर्ने भएको छ ।  युवाहरुको विदेश पलायन हुने सोचलाई निरुत्साहित गरी नमुनाको रुपमा कम्तिमा १ वडा ५ व्यवसायिक कृषक उत्पादन गरी कृषि क्षेत्रका विभिन्न व्यवसाय गर्न प्रोत्साहन गर्ने नितीलाई बढवा दिइने अध्यक्ष थापाले बताएका छन् ।     मौरिपालन, उन्नत तरकारीको वीउ, ड्रागन फ्रुट, सुनकागती, एभोकाडो, किवी जस्ता नयाँ प्रजातिका फलफूल (आँप, लिची)को विरुवा सहितका स्थानीय जातका फलफूलका विरुवा, प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, माछाका भुरा, आधुनिक कृषि औजार तथा उपकरण लगायतका क्षेत्रमा निश्चित प्रतिशत अनुदान दिई पौराखी किसान, कृषिक समुहलाई प्रोत्साहन गर्ने नितीलाई वृहत रुपमा बढवा दिने गाउँपालिकाले निती बनाएको छ।    यस्तै, भकारो तथा गोठ सुधार कार्यक्रम सञ्चालन गरी कृषि उत्पादनमा वृद्धि गर्ने, व्यवसायिक कृषकहरुलाई कृषि क्षेत्रमा गरेको उपलब्धिलार्य मापन गरी प्रतिस्पर्धाका आधारमा पुरस्कृत गर्ने, लोप हुन लागेका स्थानीय रैथाने जातका बीउ बीजनहरुको संरक्षण गर्ने, कृषि विमाका सम्बन्धमा अभिमुखिकरण गरी कृषि विमाप्रति प्रोत्साहन गर्ने, एक गाउँ एक उत्पादनको नितीलाई निरन्तरता दिने भएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.