इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभाको दुखद अन्त्य

कुरिनटार, २४ असार
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभाको अन्त्य भएको छ । आज अन्तिम दिन सभाको बैठक नै नबसी गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष गीताकुमारी गुरुङले अन्त्य भएको घोषणा गर्नुभएको हो ।
वडा नम्बर तीनको केन्द्र टुंगो लगाउने विषयमा विवाद हुदाँ सातौ गाउँसभाको दुखद अन्त्य भएको हो । सभामा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ नै उपस्थित हुनुभएन ।आज अन्तिम दिन पाँच जना मात्र गाउँसभा सदस्य उपस्थित भएका थिए ।
यस अघि २२ गते पनि उपाध्यक्ष सहितको सदस्यहरुले बहिस्कार गरेका थिए । उक्त बैठक बहिस्कार गरेपछि बाँकी सदस्यहरुले विरोध जनाएका थिए । उनिहरु पनि आज सभामा उपस्थित भएनन् ।
गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीता कुमारी गुरुङले स्वंयम उपाध्यक्षले नै बहिस्कार गरेकोमा आश्चर्य भन्दै दुख व्यक्त गर्नुभयो । आफ्ना कुरा सभामा नराखेर सभा नै बहिस्कार गर्नु जनभावना विपरित भएको बताउनुभयो ।
स्थानीय तहमा प्रतिपक्षको कल्पना नगरेकोेले यस अघिका सभामा त्यो वा यो पार्टी नभनी सहमतीमा सम्पन्न गरेको बताउदैँ आज उपाध्यक्षले नै बहिस्कार गरेकोमा उहाँले दुख व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ सहितका सदस्यहरुले वडा नम्बर तीनको केन्द्र चुम्लिङटार र अन्य बाँकी सदस्यहरु फिस्लिङको पक्षमा रहेका छन् । आज अन्तिम दिन वडाको केन्द्रको टुंगो लागाउन मतदान हुने कार्यतालिका रहेका थिए ।
१० गतेदेखि सातौँ गाउँसभा सुरु भएका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.