काठमाडाैँ : बैदेशिक रेाजगारमा रहेर नेपाल अाइ लकडाउनमा परेकाहरूले श्रम स्वीकृती लिनेकाे संख्या बढन थालेकेा छ ।
लकडाउन अलि खुकुलाे भएसंगै अहिलेसम्म एक हजारभन्दा बढी श्रमिकले लिए विदेश फर्किन श्रम स्वीकृति लिएका छन् ।
वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) लाइ सेवा दिन सुरु हुने भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने कार्यालयले बताएको छ ।
अहिले नयाँ कामदारलाई भने विदेश जान श्रम स्वीकृति दिइएको छैन ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।
सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको छ ।
सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । विभागका महानिर्देशक कुमार दाहाल जानैपर्ने अवस्थाका कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडान गर्ने विमानमा जानसक्ने बताउँछन् ।