पालुङटार ७ मा एक घर एक एभोकाडो अभियान, एभाेकाडाेका १० फाइदासहित

रविन्द्र कंडेल

१६ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नंं ७ कार्यालयले एक घर एक एभोकाडो कार्यक्रम अन्तर्गत वडा भित्रका सवै घरहरूका लागि बिरुवा बितरण गरेको छ ।
स्वास्थ्यका लागि अति नै उपयोगी हुने भएकाले हरेक घरमा एक एक बिरुवा हुर्काउने उदेश्यका साथ वडा कार्यालयले बिरुवा बितरण गर्ने योजना बनाएको वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

वडा कार्यालयले नै बिरूवा खरीद गरेर ल्याइ टाेलबिकास संस्था मार्फत १४०० बिरूवा बितरण गरिएकाे वडा सचिव गणेश कठायतले जानकारी दिनुभयाे ।

कस्ताे बिरूवा हाे एभाेकाडाे ?

एभाेकाडाे, भिटामिन ए, बी, ई, फाइबर, मिनरल्स र प्रोटिनले भरिपूर्ण एक गहिरो हरियो रङको फल हो । लो फ्याट मोनोसेचुरेटेड भएको कारणले यसको सेवन गर्दा धेरै रोगबाट बचाउँछ । साथै, ‘ब्युटी प्रब्लम्स्’बाट पनि टाढा राख्न सहयोग गर्छ ।

एभाेकाडाेका १० फाइदाः

१. घामको किरणबाट बच्नका लागि एभाेकाडाे सनस्क्रिन लोशनको प्रयोग गर्न सकिन्छ । एभाेकाडाे लोशनलाई छालामा लगाएर बाहिर निस्कँदा यसमा भएको पोषक तत्वले घामबाट बचाउन सहयोग गर्छ ।

२. सफा र चम्किलो छालाका लागि एभाेकाडाे र मेवाको मिश्रणमा हल्का मह मिसाएर अनुहारमा लगाउने । त्यसको केही समयपछि चिसो पानीले मुख धुने । यसो गर्दा अनुहारमा जमेको मैला हट्छ । अनि मिल्छ प्राकृतिक सुन्दरता ।

३. एन्टी अक्सिडेण्टको गुण पाइने अभोकाडोको प्रयोगले छालालाई पोषण प्रदान गर्छ । यस्तै, ‘ब्युटी प्रब्लम्स्’ पनि हटाउँछ । लगाउनुको साथै दैनिक एक एभाेकाडाे खाँदा पनि यसले शरीर र छाला दुवैलाई फाइदा पुर्याउँछ ।

४. प्रदूषण, कपालको उचित स्याहार सम्मार नगर्ने र हिटिङ टुल्सको धेरै प्रयोगले कपाल ड्यामेज हुन्छ । यस्तो स्थितिमा एभाेकाडाेकाे गुदीलाई लेप बनाएर हप्तामा तीनपटक कपालको जरामा लगाउँदा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।

५. एभाेकाडाेको गुदिलाई नियमित रुपमा लगाउँदा कपाल नरम बनिरहन्छ । चम्किलो पनि देखिन्छ ।

६. एभाेकाडाेलाई दुई चम्चा जैतुनको तेलमा मिश्रण गरेर मिलाउनुहोस् । त्यसपछि यसलाई कपालको जरामा लगाएर आधा घण्टापछि धुनुहोस् । यसो गर्दा कपाल बलियो र नरम बन्छ ।

७. भिटामिन ए र ई, फाइबर र मिनरल्स पाइने एभाेकाडाेको सेवनले छाला सँगसँगै शरीरलाई पनि फाइदा पुर्याउँछ । यसले मोटोपन र सुगर पनि कम गर्छ ।

८. एभाेकार्डाेमा प्रशस्त मात्रामा पाइने प्रोटिनले कमजोर हड्डी र हार्ट अट्याकको समस्या पनि हुन दिँदैन । त्यसैले दैनिक एक एभाेकाडाे खानु लाभदायक मानिन्छ ।

९. यदि हाम्रो जीवनमा ‘एक दिन, एक एभाेकार्डाे’ लागू गर्ने हो भने क्यान्सरको खतरा रहँदैन । यसको सेवनले शरीरमा क्यान्सर सेल्स बढ्न दिँदै । जसले गर्दा क्यान्सर खतरा पनि हुँदैन ।

१०. एभाेकाडाेमा हुने फाइबरले पेटलाई सफा राख्छ । कब्जियत, अपच र एसिडिटी जस्ता रोगको लागि एभाेकाडाे सेवन सन्जीवनी हो । यसले पाचन प्रक्रियालाई समेत ठीक राख्छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.