लघुकथा : रहर -सुदर्शन कँडेल

 

हप्तादिन अघि डढेलो लागेको तारेभीरको ठुलोबनमा मसिना हरिया टुसा पलाउन थालिसकेको थियो । जमदार बाजेको आँगनको डिलमै भएको सिन्कौलिको बोटमा जुरेलिले गुँड लगाइसकेको थियो । दलिनमा गुँड बनाएर बसेको गौथलिले बचेरा काढिसकेको थियो । बेलुकी पख घैया बारिमा बन कुखुराको भाले पोथी आफ्ना ससना चल्ला लिएर चर्न आउथे । जम्दारनी बजैको आँखाले देखेजतिका जगत खुशि र प्रफुल्ल थियो तर उनै बजैको मनमा तुवाँलो लागेको थियो ।

“हाम्रा नि बालबच्चा भाका भए घरै कति रमाईलो हुन्थ्यो होला
है बूढा” बचेरोलाई चारा खुवाउदै गरेकी गौथलिलाई हेर्दै बजैले भनिन ।
” क्यार्छेस त बुढी जवानी पल्टनै बसेर गै गो, बुढेसकालाँ खै के चाईन्जो मिलेन मिलेन ” ठट्टा गर्दै जम्दार बाजेले भने ।
” तपाईंलाई त केही पिरलो छैननी, उ बेलाँ मैले भनेको मान्या भए अहिले २०/२२ बर्षका छोराछोरी हुन्थे । म बाट बच्चा भएन अर्को ब्या गर्नु भनेको सुन्या होईन क्यारे ।” ठुस्किदै बोलिन बजै ।
” तेरै कारणले मात्र बच्चा नबसेको भन्ने हुन्ननी त बुढी, मेरो पनि चाइन्जो कमजोरी हुन सक्छनी, यसै पनि आफू गोलिबारुद सँग खेलेको मान्छे ।” बाजे फेरि जिस्कन खोजे ।
” मैले अर्कि ल्याएर पनि बच्चा पाउथि भन्ने के ग्यारेन्टी ? पाईहालिछ भने नि चाईन्जो तलाई माया गर्थे भन्ने के ग्यारेन्टी? ” बाजेले थपे ।
” खाली आफ्नै कुरा माथी पार्यो भैहाल्यो ” भित्र पस्दै बजैले भनिन ।
” माथि त चाईन्जो सधै म हाहाहा ” बाजेले लामो हासो हासे ।

“बुढाबुढीको केको हासो हो यस्तो ? खुब रमाईलो छ है दुइटा ज्यान कति रमाईलो ।” कल्लेरी साईलाले आँगनमा उक्लिदै भन्यो ।
” के हुनुनी साईला , त्यै दुई ज्यान मात्र भयो बच्चा भएन भन्ने पिरलो । तेरो काका जे भनेनी हासेरै उडाईदिन्छन ।” पिढिको ठेलामा बसेर बजैले भनिन ।
” तेरो काकिलाई बच्चा चाहियोरे है साइला , नत्र अर्को ब्या गर रे अब यो बुढेसकालाँ मलाई चाइन्जो दुख ” ठट्टामै प्रष्टाए बाजेले ।

” हेर्नुस काकी, महिलाको मात्र कम्जोरिले गर्भधारण नहुने भन्ने होईन, पुरुषको कम्जोरीले पनि नहुन सक्छ । तपाईलाई आमा हुने रहर स्वभाविक हो तर पनि बच्चाकै लागि आफै माथी सौता हाल्ने काम पनि राम्रो होइन । बरु तपाईं कुनै अनाथालयबाट धर्म बच्चा ल्याउन सक्नु हुन्छ । ” साइलाले जानेको कुरा सुझायो ।

” हो त गाँठे, चाइन्जो एउटा बच्चा ल्याएर हुर्काउनु पर्यो । बच्चाको चाईन्जो उद्दार नि हुने,जमदार्निलाई रहर नि पुग्ने । ” बाजे फुरुङ्ग भए । भित्र पस्दै गरेकिन जमदारनिको मुहारमा हासो प्रष्ट देखिन्थ्यो ।

९ मार्च २०१८

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.