पालुङटार नगरपालिकाको सातौं नगरसभा मा आर्थिक वर्ष २०७७/०७८ को लागि रु ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैयाँ बजेट सार्वजनिक

गोरखा संसार

१० असार

गोरखा,

गोरखा जिल्लाको पालुङटार नगरपालिकाको गरिमामय सातौ वार्षिक नगरसभा  असार १० गतेका दिन आ.व ०७७/०७८ को नीति तथा कार्यक्रम विधिवत रुपमा सार्बजनिक गरेको छ |

नगरप्रमुख ई. दीपक बाबु कंडेल काे सभापतित्वमा नगरसभा सम्पन्न भएकाे थियाे ।

सभामा नगरप्रमुख कंडेलले आगामी आ.व. ०७७/०७८ को लागि यस नगरपालिकाको नगर कार्यपालिका तथा सम्पूर्ण समिति लगायतलाई नीतिगत मार्गनिर्देशन र  नगरसभामा आ.व. ०७७/०७८ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो |

आगामी आ.व. ०७७/०७८ को लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा यस नगरपालिकाको कार्य संचालन जिम्मेवारी प्राप्त गरि सार्वभौम नगरवासीहरुका आवस्यकताहरुको सम्बोधन र अनुभवको आधारमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, आर्थिक सामाजिक विकासका क्षेत्रमा केहि सकारात्मक परिबर्तनको सुरुवात संगै राजनीतिक परिवर्तन पछिको बढ्दो जन अपेक्षा र यस नगरपालिकाको सिमित श्रोत साधनका वीचमा सामञ्जश्यता कायम गरि दीर्घकालीन रुपमा पर्याप्त, प्रभावकारी र प्रणालिबद्ध सेवा प्रवाहको सुनिश्चितता गर्नु पर्ने गुरुत्तर जिम्मेवारि बहन नेपालको संविधानमा उल्लेखित राज्यका नीति निर्देशक सिद्धान्त, नागरिकका मौलिक हक र दायित्व, स्थानीयतर्फ यस सरकारका कार्यक्षेत्र भित्र रहेका एकल र साझा अधिकारका विषयहरु, यसका प्राथमिकताहरु, स्थानीय सरकार संचालन ऐनमा व्यवस्था गरिएका प्रावधानहरु, संघीय सरकारवाट प्राप्त हुने सवै प्रकारका अनुदान र नीतिगत मार्गदर्शनहरु,प्रदेश सरकारवाट प्राप्त हुने अनुदान र बजेट तर्जुमाका आधारहरु, यस नगरपालिकाको आन्तरिक आय र प्राथमिकताका क्षेत्रहरु, नगरवासीका चाहना र संभावनाहरुलाई आधार मानि पालुङटार नगरपालिकाले रु. ८०,४६,८५,४८०.०० बरावर को बजेट प्रस्ताब पेश गरेको छ l

नगरवासीहरुको जिविकोपार्जनको प्रमुख स्रोत कृषि पेशा नै रहेको र यसका लागि कृषि क्षेत्रको व्यवसायीकरण र वजारीकरणको जरुरी रहेको छ ।

वातावरण संरक्षण तथा बिपद व्यवस्थापन, संस्थागत विकास क्षमता अभिवृद्धि तथा सुशासन, कृषि, पर्यटन, महिला तथा वालबालबालिका आदिमा विशेष जोड दिनुहुदै नीति तथा कार्यक्रम सार्वजनिकरण गर्नुभयो कार्यक्रममा गत आ.व.०७६/०७७ देखि नगरपालिका क्षेत्र भित्र जन्मिएका बालबालिकाहरुलाई नगरपालिकाले रु १०००/- राखी खाता खोलिदिने कार्यलाइ बढाई रु २०००/- गरि निरन्तरता दिने भएको छ l गर्भ जाच गराउन आउने गर्ववती महिलाहरुलाई एक सुत्केरी झोला र गर्ववती भए पश्चात सरकारले दिदै आएको सुत्केरी भत्तामा न.पा ले रु ५०० रुपिया थप गर्ने, “दुइ रुपिया राष्ट्रको लागि, मेरो लागि सदाका लागि” भन्ने मूल नाराका साथ यूवा लक्षित कार्यक्रम अगाडि बढाउने भएको छ l

कार्यक्रममा नगर सभाध्यक्ष एव नगर प्रमुख ई. दीपक बाबु कंडेल ज्यूले कोरोना भाइरस (कोभिड-१९) लकडाउनका कारण रोकिएका क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको छ ।

आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधार तर्फ नयाँ कार्यक्रम समावेश गर्न नसकिएको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा नगर उप-प्रमुख एबं नगर सभा सदस्य तथा राजस्व तथा न्यायिक समिति संयोजक पम्फा बसेल ज्यू, ले आ.व. मा बिभिन्न शिर्षकमा संकलन हुने अनुमानित राजस्व प्रस्तुतीकरण गर्नुहुदै पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि कुल रु ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपिया बजेट सातौं नगर सभामा सार्वजनिक गर्नु भएको थियो l बजेटमा आम्दानीका स्रोतको रुपमा संघीय सरकारको तर्फबाट प्राप्त हुने समानिकरण अनुदान रु १७,९३,००,०००.०० (अक्षरुपि: सत्र करोड त्रियानब्बे लाख), शशर्त अनुदान (चालु) तर्फ रु २९,३८,००,०००.०० (अक्षरुपि: उन्तीस करोड अड्तीस लाख), समपुरक अनुदान तर्फ रु २,४०,००,०००.०० (अक्षरुपि: दुइ करोड चालिस लाख), राजश्व बाडफाड ९,३८,५८,४८०.०० (अक्षरुपि: नौ करोड अड्तीस लाख अन्ठाउन्न हजार चार शय असी) रुपिया गरि कुल अनुदान रकम रु ५९,०९,५८,४८०.०० (अक्षरुपि: उनान्साठी करोड नौ लाख अन्ठाउन्न हजार चार शय असी) रुपिया त्यसै गरि प्रदेश सरकार तर्फवाट प्राप्त अनुदान समानीकरण अनुदान रु १,२६,५४०००.०० (अक्षरुपि: एक करोड छबिस लाख चौवन्न हजार), राजश्व बाडफाड ५७,७२०००.०० (अक्षरुपि: सन्ताउन्न लाख बहत्तर हजार), शशर्त अनुदान तर्फ रु ५०,००,०००.०० (अक्षरुपि: पचास लाख रुपिया) जनसहभागिता रु १,००,००,०००.०० (अक्षरुपि: एक करोड रुपिया) गरि जम्मा कुल बजेट रु ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपिया प्राप्त हुने लक्ष्य निर्धारण गरीएको बताउनुहुदै नीति, कार्यक्रम तथा बजेट तर्जुमामा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो |

बुधबारको सभाले नगर उप प्रमुख ज्यूले प्रस्तुत गर्नुभएको आर्थिक र विनियोजन विधयेक पारित गरेको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.