स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन्।
उनीहरुसहित हालसम्म कोरोनाबाट निकाे हुनेकाे संख्या १ हजार ४१ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार मात्रै ४५१ जना संक्रमित थपिएका छन्।कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। त्यस्तै १९ जना ज्यान गुमाएकामा कोरोनाभाइरस देखिएको छ।