पूर्व प्रधानमन्त्री भट्टराईद्वारा कोरोना व्यवस्थापनको अबस्था तथा बिभिन्न योजनाको अनुुुुगमन

३२ जेष्ठ , गोरखा : पूर्व प्रधानमन्त्री तथा गोरखा २ बाट निर्वाचित सांसद बाबुराम भट्टराईले निर्वाचन क्षेत्रको अनुगमन भ्रमण गरेका छन् ।

आइतबार सिरानचोक गाउँपालिका, अजीरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको अनुगमन भ्रमण गरेका हुन् । डाक्टर भट्टराईले सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङमार्फत बिभिन्न स्वास्थ्य संस्थाका लागि पिपिई, एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल मास्क, थर्मल गन, ग्लोब्स, साबुन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका सडक तथा सहकारी भवनको निरीक्षण गरेका थिए ।

डाक्टर भट्टराईले अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालमार्फत बिभिन्न स्वास्थ्य संस्थाका लागि पिपिई, एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल मास्क, थर्मल गन, ग्लोब्स, साबुन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै त्यहाँ निर्माणाधीन आधुनिक अलैची भट्टाको भवनको अबस्था बारे अनुगमन भ्रमण गरेका थिए ।

त्यसैगरी डाक्टर भट्टराईले बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टमार्फत बिभिन्न स्वास्थ्य संस्थाका लागि पिपिई, एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल मास्क, थर्मल गन, ग्लोब्स, साबुन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

आइतबार जिल्ला सदरमुकाम आउने र सोमबार पालुङटार नगरपालिकाका बिभिन्न योजना तथा कोरोना व्यवस्थापनको अबस्था बारे अनुगमन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

स्रोत दरौदी.कम

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.