बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ९०

हेटौंडा : बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ । आज सिन्धुपाल्चोकको मेलम्ची रिजनल क्वारेन्टीनमा रहेका २० बर्षिय युवकमा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ९० पुगेको हो । जसमध्ये ३१ जना निको भएर घर फर्किएका छन भने ३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन । मृत्‍यु हुनेमा सिन्धुपाल्चोककी एक सुत्केरी महिला, ललितपुरका एक पुरुष र दोलखाका ७६ बर्षिय पुरुष रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमण फैलदा रसुवा जिल्लामा भने हालसम्म कुनै संक्रमित भेटिएको छैन । संक्रमित हुनेमा काठमान्डौका २७, रामेछापमा १९, चितवन, भक्तपुर, काभ्रे र मकवानपुरमा समान ६/६ जना, धादिङमा ५, सिन्धुलीमा ४, ललितपुर, सिन्धुपाल्चोक र नुवाकोटमा समान ३/३ जना, र नुवाकोटमा २ जना रहेका छन ।

यस्तै आज हेटौंडा स्थित प्रादेशिक प्रयोगशालामा ९ वटा स्वाबको नमुना पिसीआर परिक्षण गरिएको छ । हेटौंडाको आइसोलेसन वार्डबाट आएको ८ वटा नमुना र जनकपुरबाट आएको एउटा नमुनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । उहाका अनुसार आज नै २१५ जनाको आरडिटी टेष्ट गरिएको छ । जस्मा चितवनका १२ र नुवाकोटका ७ जना गरी १७ जनाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.