इच्छाकामना गाउँपालिकाको कोरोना कोषमा प्रजातान्तित्रक विचार समाज चितवनद्वारा ५१ हजार सहयोग

चितवन, २४ जेठ

चितवनको एकमात्र गाउंँपालिका ईच्छाकामना गाउंँपालिकालाई प्रजातान्तित्रक विचार समाज चितवनले ५१ हजारको चेक हस्तान्तरण गरेको छ । शनिबार भरतपुरमा शिक्षकसंघको कार्यालय परिषरमा संस्थाका अध्यक्ष डाक्टर देवी प्रसाद कंडेल सहितले गाउंँपालिकाका अध्यक्ष गिता गुरुङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

समाजले चितवनको एकमात्र गाउंँपालिकालाई क्वारेण्टाइन व्यवस्थापन र दैनिक ज्याला मजदुरको लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको बताएको छ । चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष डाक्टर कंडेलले सरकारले पर्याप्त रुपमा कोरोना भाइरसको जोखिम न्यूिनकरणमा खासै ध्यान दिन नसकेको अवस्थामा क्वारेटाइन व्यवस्थापन सहज पुगोस भन्ने हेतुले सहयोग गरिएको बताए । ‘यो गाउंँपालिका चितवनको विकट ठाउंँ हो, त्यहांँ श्रोतसाधन पनि कम छ। पिछडिएका वर्गको बाहुल्यता छ ।’ डाक्टर कंडेलले भने । विगतमा पनि अध्यक्ष गुरुङ्गले पहल गरेको अलपत्रहरुको उद्धार कार्यको प्रशंसा गर्दै यो सहयोगबाट थप उर्जा मिल्ने उनले विश्वास व्यक्त गरे ।

चेक ग्रहण गर्दै गाउंँपालिकाका अध्यक्ष गुरुङ्गले यो सहयोगले आफूलाई थप दायित्व र उर्जा मिलेको बताइन । गाउंँपालिकामा आन्तरिक श्रोत साधन कम भएको र बिशेषगरी पिछडिएका वर्ग बस्ने भएकोले उनीहरुको लागि दैनिक उपभोग्य वस्तु तथा क्वारेण्टाइनमा बस्ने व्यत्तिहरुको लागि खर्च गरिने उनलेबताइन । ‘विभिन्न संस्थाहरुबाट नगद तथा जिन्सी सामान सहयोग प्राप्त हुदै आएको छ उनले भनिन , गाउंँपालिकामा रोग तथा भोकले कोही नमरुन भन्ने हाम्रो उद्धेश्य हो ।’ उनका अनुसार विदेशबाट आएका क्वारेण्टाइन र ज्याला मजदुरको राहतको लागि खर्च गरिनेछ ।

गुरुङ्गका अनुसार हालसम्म गाउंँपालिकाले त्यहांँ रहेका ४ हजार ५सय ज्याला मजदुरलाई राहत वितरण गरिसकेको छ । समाजका सचिव सुरेशचन्द्र आचार्यले गाउंँपालिकामा रहेका काम र माम नपाएका ज्याला मजदुर लाई लक्षित गर्दै उक्त पालिका छनौट गरिएको बताए । हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि समाजका कन्द्रीय उपाध्यक्ष वडाक्टर ईश्वरीराज लौडारी, वागमती प्रदेश संयोजक भरत दवाडी तथा संस्थाका पदाधिकारी एवं डाक्टर, वकिल , प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.