‘सरकारको निर्णयबिना कसैले विद्यालय खोल्न पाउँदैन,खोल्ने बारे अहिल्यै मन्त्रालयले सोचेको छैन’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले तत्काल सरकारको निर्णय बिना कसैले शिक्षण संस्था खोल्न नपाउने साथै, शैक्षिक संस्था खोल्नेबारे मन्त्रालयले अहिल्यै केही नसोचेको स्पष्ट पारेका छन् ।

अहिले मन्त्रालयको मुख्य जोड वैकल्पिक माध्यमबाट शिक्षणसिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेमा नै रहेको उनले बताए ।सरकारले असार १ गतेदेखि शिक्षण संस्था खोल्ने नभइ सिकाइलाई निरन्तरता दिन कार्यक्रम ल्याएको उनले स्पष्ट पारे । मूलपद्धतिको पुरकका लागि यस कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए । भविष्यमा यसलाई मूल पद्धतिकै अभिन्न अङ्गबनाइने पनि उनले जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मति प्रदेशले आयोजना गरेको सप्ताहव्यापी प्रविधिमैत्री सिकाइ भर्चुअल अन्तक्र्रिमा बोल्दै शिक्षामन्त्री पोखरेलले संकटको बेला सिर्जनात्मक ढङ्गले सोच्नुपर्ने बताए ।

मन्त्रालयले मुख्यगरी शिक्षणसिकाइको निरन्तरताका लागि चारवटा विधिलाई जोड दिएको उनले जानकारी दिए । पहिलो, पाठ्यक्रम र सिकाइसामग्री विद्यार्थीसम्म पुर्याउने, दोस्रो, एफएम रेडियोबाट शिक्षणसिकाइ गर्ने, तेस्रो, टेलिभिजनबाट पठनपाठन गर्ने र चौंथो अनलाइनमार्फत् शिक्षणसिकाइ गर्ने विधि रहेका उनले जानकारी दिए ।

यि चार विकल्पमा पनि मन्त्रालयले दोस्रो विधि एफएम रेडियोबाट शिक्षण सिकाइ अगाडि बढाउनेलाई विशेष जोड दिएको उनले जानकारी दिए । एफएम रेडियोको पहुँच ७५३ वटै स्थानीय तहमा पुगेको पाइएकोसमेत उनले जानकारी दिए ।

नेपाल टेलिभिजनबाट ९–१० कक्षाको भर्चुअल कक्षा चलाइराखिएको छ भन्दै उनले त्यसको अनुभवलाई पनि हेर्दै मन्त्रालय हाल कक्षा १ देखि ८ सम्मको सिकाइ सामग्री तयार पार्न जुटिरहेको जानकारी दिए । प्रणाली पनि निर्माण गर्दै जाने, सामग्रीहरुपनि संकलन गर्दै जाने काममा मन्त्रालय जुटिरहेको उनले जानकारी दिए ।

शिक्षकले विभिन्न स्थानमा विभिन्न विधिले शिक्षण सामग्री तयार रप्रयोग गरिरहेका भन्दै ति पनि पठाइदिन उनले आग्रह गरे ।

विभिन्न स्थानमा विभिन्न माध्यमको प्रयोगबाट सिकाइ गर्दा विभेदजस्तो देखिएपनि यो राज्यले नभइ परिस्थितिको कारण आएको विभेद भएकाले त्यसै अनुसार बुझ्न उनले सबैसँग आग्रह गरे ।

जहाँ जे सम्भव छ त्यो माध्यमको प्रयोग गरी बालबालिकालाई सिकाउँ भन्ने मन्त्रालयको धारणा रहेको पोखरेलले स्पष्ट पारे । शिक्षकहरु तयार नभएसम्म यो अभियान सम्भव नहुने उनको भनाइ थियो ।

शिक्षकहरुलाई स्थानीयतहसँग मिलेर तालिका बनाइदिन आग्रह गर्दै शिक्षामन्त्री पोखरेलले समयव्यवस्थापन, प्रचारप्रसार र सिकाइलाई अन्तक्र्रियात्मक बनाउन प्रयास गर्नुपर्ने बताए ।

गुणात्मक शिक्षा शिक्षक गुणत्मक ढङ्गले सिकाउन तयार छ कि छैन भन्ने कुराले निधो गर्ने भन्दै अबको समयमा गुणात्मक हुन शिक्षक प्रविधिमैत्री हुनैपर्ने उनले स्पष्ट पारे ।

जुनसुकै पद्धतिका पनि सकारात्मक र नकारात्मक प्रभाव हुने भन्दै उनले अनलाइन, एफएमरेडियो र तेलिभिजनबाट सिकाइ अगाडि बढाउदा यसका पनि शक्ति र सीमा हुने बताए ।

कोभिड–१९ को महामारी पछि राजनीतिक मान्छेले केही भन्नु भन्दापनि विज्ञहरुबाट धारणा लिएर समाजमा पस्कनुपर्छ भनेर शिक्षा मन्त्रालयले पनि पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा एउटा समिति बनाएको पोखरेलले जानकारी दिए ।

जसभित्र ६ वटा थिमेटिक ग्रुप बनाएको र एउटा शिक्षामा विकल्प पनि रहेको उनले स्पष्ट पारे । त्यस्तै खुलाविश्वविद्यालयका उपकुलपतिको नेतृत्वमा शिक्षण सिकाइ सम्बनधमा थिमेटिक ग्रुप रहेको र त्यसले रिपोर्ट दिइसकेको उनले जानकारी दिए । हाल मन्त्रालय सोही रिपोर्ट कार्यान्वयनको प्रक्रियामा रहेकोसमेत मन्त्री पोखरेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधनमा शैक्षिक सत्र व्यवस्थित गर्ने र कक्षा १० को परीक्षाको बारेमा गृहकार्य गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ’–पोखरेलले भने, ‘सोही निर्देशन कार्यान्वयनका सन्दर्भमा हामीले निर्देशिका जारी गर्यौं ।’

संकटको बेलापनि शिक्षालाई सम्बोधन गर्नुपर्ने र कुनै एउटा पद्धतिले सम्पूर्ण शिक्षालाई समेट्न नसकिने भएकाले निर्देशिकामा ४ वटा पद्धति प्रस्ताव गरिएको उनले जानकारी दिए ।

‘पहिलो, पाठ्यपुस्तक र स्वयंले सिक्ने सामग्री बनाएर पठाएको, परीक्षा भएकोमा नतिजा निकाल्ने, नतिजापछि कक्षा चढाउने र कक्षा चढेपछि पाठ्यपुस्तक र शिक्षण सहयोगी सामग्री पुर्याउने बाटोमा अगाडि बढौं भनेका छौं ।’ उनले भने ।

मन्त्रालयले परम्परागत अर्थमा विद्यार्थी भर्ना गर नभनेको स्पष्ट पार्दै मन्त्री पोखरेलले भर्ना भनेर मन्त्रालयले नतिजा प्रकाशन गर्ने, कक्षा चढाउने, अभिलेखीकरण गर्ने र विद्यालयले घरसम्म पुस्तक पुर्याइदिने कामलाई भनेको स्पष्ट पारे ।

शिक्षकहरुको काँधमा ठूलो जिम्मेवारी आएको भन्दै मन्त्री पोखरेलले कोही शिक्षक बाहिर भए विद्यालयसँग जोडिन लगाउन संगठनसँग आग्रह गरे ।
घरलाई शिक्षालयको रुपमा बुझ्दै अभिभावकले शिक्षकको भुमिका निर्वाह गर्ने अवस्था आएको मन्त्री पोखरेलले बताए ।

निशुल्क तथा अनिवार्य शिक्षा ऐनको नियमावली मन्त्रिपरिषद्मा गएको जानकारी दिँदै मन्त्री पोखरेलले सबै सहमति आएकाले चाँडै जारी हुने बताए । लगत्तै स्वास्थ्य शिक्षा ऐनको नियमावली मन्त्रिपरिषद्मा लगिने उनले जानकारी दिए । उच्च शिक्षाको भने अर्थबाट सहमति आएर कानून मन्त्रालयमा पुगेको उनले जानकारी दिए । शिक्षा ऐनको मस्यौदा पनि अर्थबाट सहमति आएर कानून मन्त्रालयमा पठाउने तयारी भएको उनले जानकारी दिए ।

संसद कति चल्ने टुङ्गो नभएको भन्दै मिलेसम्म यसै पटकको संसदमा शिक्षा विधेयक संसदमा लग्ने उनले जानकारी दिए ।

इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुको सुविधा बढाउने सन्दर्भमा विज्ञप्ति मार्फत् धारणा राखिसकेको र यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । शुरुमा प्रवेशगर्दाको अवस्था के थिए । किन यस्तो समस्या आयोग गृहकार्य गर्नुस् भनेर प्रधानमन्त्रीले आफुलाई भनेको पोखरेलले बताए । यसविषयमा अर्थमन्त्री र प्रधानमन्त्रीसँगै बसेर छलफल गर्ने कुरा भएको उनले जानकारी दिए ।

सार्वजनिक शिक्षा कमजोर भएकाले यसको सुधारका लागि विभिन्न कोणबाट विषय उठान भएका भन्दै यसविषयमा सबैले आत्मसमिक्षा गर्न आवश्यक रहेको उनले बताए ।

संगठनले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा यसअघि सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा सम्बन्धमा र डा. लेखनाथ पौडेलले एकीकृत पाठ्यक्रम सम्बन्धमा स्पष्ट पारेका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.