कोरोना संक्रमित विरामी ११ दिनपछि अरुका लागि घातक नहुने अनुसन्धानबाट पुष्टि

एजेन्सी :  कोरोना भाइरसले विश्वब्यापी रुपमा मच्चाएको आतंक र यसको संक्रमणको गतिका करण अहिले सिंगो विश्व आक्रान्त छ । एक ब्यक्तिबाट अर्को हुँदै तिब्र गतिका साथ फैलिंदै जाने यसको विशेषताका कारण विश्व समुदाय कोरोना भाइरसबाट त्राहिमाम बनेको हो । तर सिंगापुरका अनुशन्धानकर्ताहरुले पत्ता लगाएको तथ्य भने यसको ठिक विपरित देखिन्छ । जस अनुसार कोरोना संक्रमित कुनै पनि ब्यक्ति संक्रमण भएकोे ११ दिन पछि अरुलाई सार्न सक्षम हुँदैन । सिंगापुरको राष्ट्रिय संक्रामक रोग केन्द्र (एनसीआईडी) का वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन । कोरोना संक्रमित कुनै पनि ब्यक्ति लक्षण देखिनु दुई दिन अघि नै संक्रमणमा परेका हुन्छन । अर्थात सामान्यतया लक्षण देखिनु दुई दिन अघि उक्त ब्यक्ति संक्रमित हुने वैज्ञानिकहरुको खोजबाट पत्ता लागेको नयाँ तथ्य हो ।

एनसीआईडीका वैज्ञानिकहरुले अस्पतालमा भर्ना भएका ७३ जना कोरोना संक्रमित विरामीहरुमा अनुशन्धान गरेका थिए । सिंगापुरबाट प्रकाशित हुने अखबार ‘स्ट्रेट टाईम्स’ का अनुसार कोरोना संक्रमित विरामीमा कोरोनाको लक्षण देखिन थालेको सात दिनसम्म शरीरमा भाईरसको संख्या अत्यधिक गतिका साथ बृद्धि हुन्छ । यो अवधीमा भाइरस हावाको सम्पर्कमा पनि जाने सम्भावना अधिक हुन्छ । तर आठ या दशौं दिन पछि कोरोना भाइरस कम्जोर हुँदै जान्छ भने ११औं दिनमा पूर्ण रुपमा नष्ट हुन्छ । यस बारेमा थप स्पष्ट पार्दै एनसीआईडीका निर्देशक लियो यि ले भने, “कोरोनाको लक्षण देखिएको विरामी ११ दिन पछि अर्को ब्यक्तिका लागि हानिकारण हुँदैन ।”

यो अनुशन्धानमा सहभागी भारतीय मुलका डाक्टर अशोक कुरुपले अनुशन्धानबाट प्राप्त यहि तथ्यका आधारमा चिकित्सकहरु विरामीको उपचारमा जुट्नु पर्ने बताए । सिंगापुरमा रहेको चलन अनुसार २४ घण्टामा २ पटक संक्रमितको स्वाब नमुना संकलन गरि परीक्षण गरिन्छ । दुवै पटक नेगेटिभ रिपोर्ट आएपछि विरामीलाई अस्पतालबाट डिस्चार्ज गराइन्छ । कोरोना संक्रमित विरामीलाई छुंनासाथ सर्छ भन्ने मान्यता स्थापित भएको वर्तमान अवस्थामा एनसीआईडीले सार्वजनिक गरेको तर्क ठिक उल्टो जस्तो लाग्छ । उसका अनुसार स्वाब परीक्षणमा पोजेटिभ रिपोर्ट आएको कुनै पनि ब्यक्ति अर्को ब्यक्तिलाई कोरोना सार्ने मुख्य कारण हुँदैन ।

एनसीआईडीको यो तर्क सार्वजनिक भएपछि सिंगापुरमा कोरोना संक्रमित विरामीको उपचार र हेरचाह गर्ने क्रममा संक्रमण नफैलियोस भनेर बनाईएका कडा भन्दा कडा नियमहरुमा परिवर्तन आउने अपेक्षा पनि गरिएको छ । कुनै ब्यक्ति कोरोनाबाट संक्रमित भई लक्षण देखिन थालेको ११ दिन पछि रोग सार्ने दृष्टिले अरुका लागि घातक नबन्ने भएपनि, गंभीर अवस्थाका विरामीहरुलाई भने उनिहरुकै स्वास्थ्यमा थप समस्या आउन नदिन छुट्टै राखेर उपचार गर्नु परेको अनुशन्धानकर्ताहरुले बताएका छन ।

यसअघि जर्मनीमा पनि यस्तै अनुशन्धान गरिएको थियो । सिंगापुर र जर्मनी दुवै मुलुकमा गरिएका अनुशन्धानबाट प्राप्त तथ्यहरु मिल्न गएका छन । जर्मनीमा गरिएको एक अनुशन्धानले देखाएको नतिजा यस्तो छ– ‘कोरोना भाइरस संक्रमण भएको सात दिनसम्म संक्रमितमा भाइरसको फैलावट तिब्र गतिमा भयो । संक्रमितको घाँटी र फोक्सोमा भाइरसको संख्या बढ्ने क्रम पनि तिब्र बन्यो । तर पछि यसको गति विस्तारै घट्दै गयो र ११ दिन पछि भाइरस नष्ट भयो ।’

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.