नरैनापुरमा सेना परिचालन गरिने

गाेरखा संसार,

११ जेठ

बाँके – बाँकेको नरैनापुरमा नेपाली सेना परिचालन गरिने भएको छ ।

बाँके जिल्ला सुरक्षा समितिको आज (आईतबार)को बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो ।

कोरोना अति प्रभावित नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार अब नरैनापुरा नेपाली सेनाले कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्ने बताए ।

सेनाले नरैनापुरका क्वारिन्टीन, शिल गरिएको क्षेत्रलाई अनुुगमन, लकडाउन प्रभावित बनाउन, शान्ति सुरक्षा र स्वास्थ्यकर्मीलाई सहज बनाउन सेनाले काम गर्ने छ । पछिल्लो समय कोरोना संक्रमितलाई आईसोलेसनमा लैजानेक्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले नरैनापुरमा विशेषज्ञ चिकित्सक सहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।

यसअघि गाउँपालिकाले कोरोना संक्रमणको स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै चिकित्सक टोलीसहित सुरक्षाकर्मीको संख्या बढाउन माग गरेको थियो ।

संक्रमित र निजका परिवारलाई केही व्यक्तिहरूले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने काम भइरहेको भन्दै गाउँपालिकाले प्रशासन गुहारेको थियो ।

बाँकेको नरैनापुर गाउँपालिकामा मात्रै हालसम्म ११४ जनामा संक्रमण पुष्टि भइसकेको छ । एक जना युवकको संक्रमणकै कारण मृत्यु भएको छ । बाँकेमा मात्रै संक्रमितको संख्या १४२ रहेको छ । यो नेपालमा सबै भन्दा बढी संक्रमित भएको जिल्ला हो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.