व्यास नगर पालिकाले बिउ बैंक तथा कृषि परामर्श केन्द्र स्थापना गर्ने

अमरराज नहर्की/तनहुँ समाचारदाता
तनहुँ, वैशाख २३ गते ।

तनहुँको व्यास नगरपालिकाले बिउ बैंक तथा कृषि परामर्श केन्द्र स्थापना गर्ने कार्य अघि बढाएको छ । नगरपालिकाको कृषि, पशु तथा सहकारी समितिले कोरोना भाईरस कोविड–१९ जस्ता विपतको समयमा आयात गरिने विउको अभाव हुन सक्छ भन्ने सोचेर विउ बैंक निमार्ण गर्ने निर्णय गरेको गरेको हो ।
स्थानीय/रैथाने तथा उन्नत जातका बिउ÷बालीहरुको संरक्षण प्रवद्धन तथा उत्पादन बढाउने उद्धेश्यले विउ बैंक निमार्ण गर्न आवश्यक पूर्वाधार निमार्ण कार्य अघि बढाउने निर्णय भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसैगरी कृषिको विविध समस्याहरु समाधानको लागि विज्ञहरुको टोली गठन गरि कृषि परामर्श केन्द्र स्थापना गर्ने निर्णय भएको उहाँले दिनुभययो । विउ र विज्ञको अभाव ले जमिन बाँझो राख्नु परे भाकै बस्नु पर्ने अवस्था आउन सक्ने जोखिम भएकाले विउ बैंक स्थापना गर्ने काम अघि बढाईएको नगरपालिकाले जनाएको छ ।
स्थानीय, रैथाने जातका बालीलोप हुँदै गएको र आवश्यक समयमासहजै उन्नत जातका बीउ उपलब्ध नहुने समस्यालाई ध्यान दिंदै विउ बैंक निमार्ण कार्य अघि बढाईएको वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रवत्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । विउ बैंक स्थापना भएपछि परम्पराग तर स्थानीय जातका बीउबिजन संरक्षणमा मद्धत पुग्ने विश्वास बैंकको छ । भावि पीढिंको सम्भावित खाद्यसुरक्षाका लागि जैविक विविधता संरक्षण मार्फत स्थानीय बाली संरक्षणगर्ने उद्देश्य राखिएको छ नगरपालिकाका कृषि, पशु तथा सहकारी विकास समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । जैविक विविधता र कैयांै असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली लोपहुँदै गएपछि त्यसको संरक्षणकालागि नगरपालिकाले बीउ बैंककोकार्यक्र अगाडि बढाएको उहाँको भनाई छ । ‘बीउ बैंकमा अन्नबाली,कोसेबाली, तेलहन बाली, जरेबाली,तरकारी बाली लगायतका बीउ संरक्षण गरिन्छ ।’ सापकोटाले भन्नुभयो । बीउ बैंकमा संरक्षण गरिएको विउ कृषकलाई अनुदानमा वितरण गरिने समितिले जनाएको छ । यसैबीच कृषकको उत्पादनलाई सर्वसुलभ रुपमा उपभोक्तासामु पु¥याउनकालागि सहकारी संस्थाको सहभागितामा कृषि एम्बुलेन्ससञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख मिरा जोशीले जानकारी दिनुभयो । उपप्रमुख जोशीका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ काकार्यक्रम मध्ये कृषक लक्षितकार्यक्रमलाई बन्दाबन्दीकैबीचमा पनि अगाडि बढाउने निर्णय भएको छ । साथैबीउ, मल तथा अन्य कृषिसामग्री र पशुपक्षी दाना,चल्ला बिक्री वितरण गर्नका लागि बन्दाबन्दीको समयमा पनि खुल्ला राख्न आग्रह गरिएको छ । यस्तै, नगरपालिकालेस्थानीय उत्पादनको अभिवृद्धि गरीसरल, सहज र सर्वसुलभ रुपमा सामग्री उपलब्ध गराउनका लागि आगामी आवमा कृषि लगानी सम्मेलन गर्ने निर्णय भएको हालै जारी गरिएको प्रेस विज्ञेप्तीमा जनाईएको छ । प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञेप्तीमा कृषिको दीर्घकालीन लक्ष्य प्राप्त गर्न र कोरोना भाइरसले गर्दा उत्पादनमा कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी कृषि लगानी सम्मेलन गर्न लागिएको जनाएको छ । नगरपालिकाले स्थानीय कृषककोकृषि उत्पादनको तीनदिने वार्षिककृषि मेला सञ्चालन गर्ने र उत्कृष्टकृषकलाई पुरस्कृत गर्ने समेतकार्यक्रम अगाडि ल्याईने विज्ञेप्तीमा जनाईएको छ । साथै विज्ञेप्तीमा तरकारी, फलफुलसँग सम्बन्धित कृषकहरु लगायत कृषिसँग सम्बन्धित विभिन्न विउ तथा कृषि उपज सङ्कलनमा सहयोग पुर्याउने निर्णय गरेको छ । व्यास नगरपालिकाकाको क्षेत्रका बन्द रहेको माछा तथा मासु पसल सञ्चालनमा ल्याईएको छ । कृषकले आफ्ना उत्पादन विक्री गर्न पाउनु पर्ने तर पसल बन्द हुँदा विक्री नएकोले आन्दोलन गर्ने दबाब दिँदै आएका थिए । बन्दाबन्दी थपिँदै जाँदा दबाव चर्को बन्दै गएकोले विहान ६ बजे देखि १० बजे सम्म गंरी दैनिक ४ घण्टा व्यावसायीले खोल्न पाउने निर्णय गरिएकोले व्यास नगरपालिकाले गरेको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.