मान्छे र नरभक्षी चितुवाबीच भिडन्त हुँदा चितुवाको मृत्य

अमरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ, वैशाख २५ गते ।

मान्छे र नरभक्षी चितुवाबीच भिडन्त हुँदा तनहुँमा चितुवाको मरेको छ । भानुनगरपालिका–४ स्थित चुँदी कुमाल गाउँमा बिहीबार विहान ४ बजे चार जना र चितुवा बीच भिडन्त हुँदा चितुवाको मरेको हो । करीव ३ वर्षको र २० किलोको चितुवा मान्छेसँगको भिडन्तमा मारिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
चितुवासँग लड्ने क्रममा नेपाली सेनाका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमाल घाईते हुनु भएको उहाँले जानकारी दिनुभयो । घाईते कुमालले व्यवसायिक रुपमा पाल्नु भएको कुखुरा विहान झिसमिसे उज्ज्यालोमा एक व्यक्तिले कुखुरा टिपेर भागेको देखेपछि चोरलाइ कुमालको परिवारले लखेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर बसेको चितुवाले एक्कासी मानिस माथि जाइलागेपछि दोहोरो भिडन्त भएको र चितुवा मरेको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । चार जना मिलेर कुखुरा चोरलाई लखेट्ने क्रममा जङ्गलमा लुकेको चितुवाले रामबहादुरलाई आक्रमण गरेर दुई जन  भिडिरहेको अबस्थामा तीन जना मिलेर आक्रमणकारी चितुवालाई मुखमा ढुङ्गाहाली दा¥हा भाँचेर भाटा र दाउराले हानेर मारेको स्थानीय बासिन्दा तथा भानु नगरपालिकाका नायव सुब्बा शङ्कर रानाभाटले जानकारी दिनुभयो ।
५३ वर्षिय भरत कुमाल र उहाँको दुई छोराहरु २२ वर्षिय टिकाराम कुमाल, २० वर्षको सिताराम तीन जना मिलेर रामबहादुरलाई आक्रमण गरेको नरभक्षी चितुवालाई मार्न सफल भएको उहाँले जानकारी दिनुभयो । रानाभाटका अनुसार चितुवाले आँ गरेको बेला भरत कुमालले मुखमा ढुङ्गा हालिदिएपछि दा¥हा भाँचिएकोले मार्न सहज बनेको हो । पछि पछि आएको रामबहादुरको १२ वर्षिय छोरालाई चितुवाले आक्रमण गर्न खोजेपछि रोक्ने क्रममा चितुवाले आक्रमण गरेको र रामबहादुर बाहेक अन्य तीन जना भने सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । चितुवासँग लड्नु भएका भरत कुमालले जानकारी दिनुभयो । नरभक्षी चितुवालाई मार्न सफल भएपछि कुमाल परिवारको सबैले प्रशंशा गरेको वडा अध्यक्ष पूर्णबहादुर लौडारीले जानकारी दिनुभयो । भानु नगरपालिका क्षेत्रमा मात्रै दुई वर्षको अवधिमा नरभक्षी चितुवाको आक्रमणले गर्दा ६ जना बालबालिकाको मृत्यु भईसकेको अवस्थामा कुमाल परिवारले नरभक्षी चितुवालाई मार्न सफल भएकोले सबैले प्रशंशा गरेको उहाँ बताउनुहुन्छ । तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । सामुदायिक वननको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १६ वटा खोर निर्माण गरी राखेर चितुवाको  पासो थापिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.