लकडाउनको बेला प्रहरी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री तथा खाजा सहयोग ।।

 

आँबुखैरेनी, १९ बैंशाख ।

एमभी दुग्गड ग्रुप अन्तर्गत विवेक अटो मोवाइल प्रा.लि. पोखरा शाखाले ३ जिल्लाका चेक पोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई आज स्वास्थ्य सामाग्री तथा खाजा सहयोग गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङ्ग चितवनको चेकपोष्ट, गण्डकी प्रदेशको मुलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पूलजीप चेक पोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेक पोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुलाई स्यानीटाईजर, मास्क, पिउने पानी र चाऊचाऊ सहयोग गरेको शाखाले जनाएको छ । प्रत्येक चेक पोष्टलाई २० थान स्यानीटाईजर, १०० थान मास्क, ५ कार्टुन पिउने पानी र २ कार्टुन चाऊचाऊका दरले स्वास्थ्य सामाग्री तथा खाजा सहयोग गरेको विवेक अटोमोवाइल प्रा.लि. गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो । लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोवाइल प्रा.लि. पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामाग्री तथा खाजा बितरण गरेको विवेक अटोमोवाइल प्रा.लि. गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.