श्रमजीवी २८ घर परिवारलाई तेस्रो चरणको राहत वितरण

बन्दिपुर गाउँपालिकाको वडा न १ स्थित तल्लो नाहाला टोल बिकास सस्थाका गरिब ,श्रमजीवी तथा मजदुर २८ घर परिवारलाई शुक्रबार (आज) राहत वितरण गरिएको छ ।

वडा न १ को नाहाला स्थित बिष्णु मा बि मा करिब केही महीना आगाडी कम्युनिटी भिजिटमा आएका बिद्यार्थी तथा प्राद्यापक सहितको समुहले उक्त राहत सहयोग गरेका हुन् ।जर्जिया प्रान्तको जर्जिया युनिभर्सिटीमा रहेर अद्य्यायनरत बन्दिपुर १ निबासी शेखर नाथ अधिकारीका छोरा पुजन अधिकारी सहितको टोलि ११ जना बिद्यार्थी र प्राद्यापक सहितको समुह भोलेन्टिएरका रूपमा केही समय बिद्यालयमा आएका थिए । उनीहरुको समूहले केही समय त्यस क्षेत्रमा बस्दा याहाको केही ब्यक्तिहरुको अवस्था देखेर गएको र उता पुगेपछि उनिहरुले केही रकम सहयोग स्वरूप  यहाँ पठाइको सहजकर्ता तथा बिद्यालयका सहायक  प्र अ दामोदर पोखरेलले बताए ।

तेस्रो चरणको राहत अन्तरगत जम्मा नगद सहयोग रु ४८,०००/-(अठचालीस हजार रुपैयाँ मात्र) भएकोमा उक्त सहयोग रकमबाट उनीहरूले नै नामावली पठाएका तल्लो नाहाला टोल बिकास सस्थाका  गरिब ,श्रमजीवी तथा मजदुर गरि २८ घर परिवारलाई चामल १ बोरा,साबुन ३,तेल १ पोका र दाल १ के जि गरेर वितरण गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो।

कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा न १ का वडा अध्यक्ष भानुभक्त पोखरेल, कार्यपलिका सदस्य एवं वडा १ का सदस्य सबित्री दवाडी,अमृत शाही,स्थानीय टोल बिकासका अध्यक्ष एवं सदसहरु, बिद्यालय ब्यवस्थापन समितिका हरिकृष्ण अधिकारी,पत्रकार,बन्दिपुर गाउँपालिकाका कर्मचारी,वडा सचीव,स्थानीय बासिन्दा,पार्टी प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.