लक डाउन अवधिभरको घर भाडामा पनि छुट

अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते ।
जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी ( जन्मदिने आमा र जन्मभूमी स्वर्गभन्दा प्यारो हुन्छं ) भने जस्तै समाजसेवी सन्तकुमार श्रेष्ठलाई आफ्नो जन्मभूमी बन्दीपुरको मायाले सधैं सताउने गर्छ । हाल ललितपुर महानगरपालिकाको जावलाखेल निवासी श्रेष्ठलाई कम्तिमा पनि महिनाको एक पटक बन्दीपुर नटेके निन्दा नै लाग्दैन । जन्मभूमिको प्रगाढ मायाले गर्दा बन्दीपुरको सुखमा रमाउने र दुःखमा साथ दिने गर्नु भएको छ समाजसेवी श्रेष्ठले ।
सरकारले कोरोना भाईरस–कोविड–१९ को सङ्क्रमण नियन्त्रणको लागि गरेको लक डाउन गर्दा समस्यामा परेका परिवारलाई मद्धत गर्नु भएको छ समाजसेवी श्रेष्ठले दैनिक ज्यालादारी गरेर खाने आर्थिक अवस्था कमजोर भएका मजुदुरको परेको समस्या परेकालाई मलम लगाउने काममा मद्धत गरेपछि सबैले प्रशंसा गरेका छन् समाजसेवी श्रेष्ठलाई । समाजसेवी श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई लक डाउनले गर्दा गरिएको राहत वितरण कार्य गर्नको लागि रकम प्रदान गर्नु भएको छ । एकद्धार प्रणाली अन्तर्गत राहतको लागि श्रेष्ठले पाँच लाख रुपैयाँ गाउँपालिकालाई आर्थिक सहयोग गर्नु भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । श्रेष्ठले आफ्नो व्यापरीक घरहरुमा भाडामा बस्ने व्यापारीको लागि लक डाउनको अवधिभरको भाडा मिनाहा गर्ने उद्घोष पनि गरिसक्नु भएको छ ।
विपतको समयमा चुलो नबेलेको परिवारलाई भोकै बस्न पर्ने अवस्था अनाओस् भन्ने लागेर सहयोग गरेको श्रेष्ठ बताउनुहुन्छ । पर्यटन व्यवसायी ७७ वर्षीय श्रेष्ठ हाल समाजसेवमा सक्रिय हुनु भएको छ । समाजसेवी श्रेष्ठले समाज सेवामा करोडौं रुपैयाँ खर्च गर्नु भएको छ । साढे दुई वर्ष अघि आफ्नो स्वर्गिय बुबा र आमाको सम्झनामा मुटुरोग उपचार केन्द्र सञ्चालन गर्नको लागि रोटरी क्लब अफ चितवनलाई एक करोड रुपैयाँ सहयोग गर्नु भएको थियो । बन्दीपुरको शिक्षा राम्रो बनाउन नोट्रेडेम स्कुल सञ्चालनको भवन तथा जमिन गरी हाल करोडौं मूल्य पर्ने दान दिनु भएको बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोबर्धन भट्टराईले जानकारी दिनुभयो ।
२०२५ सालमा तनहुँको सदरमुकाम दमौली सरे पछि टुहुरो बनको बन्दीपुरलाई पर्यटकिय नगरी बनाई चहल ल्याउने काम समाजसेवी श्रेष्ठकै सक्रियतामा भएको भट्टराईले जानकारी दिनुभयो । बन्दीपुरलाई हालको बन्दीपुर बनाउन काठमाडौंमा रहेका बन्दीपुरेहरुले बन्दीपुरको पहिचान जिवित राख्नको लागि बन्दीपुर सामाजिक विकास समिति गठन गरिएको थियो । समितिले सञ्चालन गरेको बन्दीपुर पर्यावरण तथा सास्कृतिक पर्यटन परियोजनाले ठुलो योगदान छ ।
परियोजनाले बन्दीपुरको पर्यटन पूर्वाधार तयार बनाएको थियो । समाजसेवी श्रेष्ठले बन्दीपुरमा बन्दीपुर माउन्टेन रिर्सोट सञ्चालनमा ल्याएपछि बन्दीपुरमा पर्यटन व्यवसाय फष्टाउँदै गएको थियो । बन्दीपुरको पर्यटन पूर्वाधारमा मद्धत पु¥याउन समाजसेवी श्रेष्ठको मूख्य लगानीमा रेडियो बन्दीपुर सञ्चालनमा ल्याईएको थियो । बन्दीपुर स्थित तीन धारालाई काठकाठमाडौंका ढुङ्गे धारा जस्तै कलात्मक बनाउन पनि समाजसेवी श्रेष्ठ आर्थिक सहयोग गर्नु भएको थियो । बन्दीपुरको सम्झनाले सताउने गरेकोले महिनामा एक पटक कम्तिमा पनि एकसाता बन्दीपुर बस्ने गरेर आउने गरेको श्रेष्ठ बताउनुहुन्छ ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.