गाेरखा संसार
बैशाख १४, गाेरखा
पालुङ्टार नगरपालिकाका बिभिन्न सडकहरुमा निर्माण गरिएको अबरोध अझै पनि हटेका छैनन् । वडा नं. १० का बिभिन्न ठाउँमा अझै पनि भाँजो हालिएको स्थानीय विपिन बिकले जानकारी दिए ।
सातदोबाटेको खारखोला पुल, लुइँटेलबाट मिरकोटतर्फ जाने बाटो र जोगीडिहीमा यसअघि निर्माण गरिएको भाँजो नहटाइएको उनले बताए । ‘भाँजो हटाएर हिडेमा काट्छु, मार्छु भन्ने सम्मको धम्की आउँछ’, उनी भन्छन्, ‘हामी काम गरेर खाने मान्छे हिडिरहनु पर्छ तर ठाउँठाउँमा भाँजो हाल्ने, धम्क्याउने गर्छन् ।’
गाउँगाउँमा स्थानीयबासीले अबरोध गर्दा जनजीवन कष्टकर भएकाले तत्काल हटाउन स्थानीय तहलाई आग्रह गर्ने जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा गत बैशाख पाँच गते सम्पन्न कमाण्डपोष्ट, सुरक्षा समिति र सर्वपक्षीय बैठकले निर्णय गरेको थियो ।
नगरपालिकाभित्रका सबै अबरोध तत्काल हटाउन निर्देशन गरिसकिएकाले यस्तो अबस्था नरहेको पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन् । कतै अझै बाँकी रहेका छन् भने हटाउन तत्काल आग्रह गर्ने उनले बताइन् । यो कोरोनाको प्रभाव ले गरेको लकडाऊनको सवैले पालना गर्नुहुन्छ र अत्यन्त महत्त्वपूर्ण सुचना पनि प्रवाह गर्नुभएको छ |
लामो समयको छलफल र बहस पछि नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण पालुङटार बाट बाहिर विभिन्न ठाउँमा पढाइ, उपचारक्रममा, र अन्य विभिन्न कामले रोकिएर बस्नु भएका सम्पूर्ण अामाबुवा, दाजुभाइ तथा दिदीबहिनी हरु यता घरमा अाउनको लागि ल्याउने तयारी गरेको कुरा जानकारी गराउन चाहन्छु । साथै जो जो जहाँबाट आउनु भएता पनि घर मै एकान्त वासमा अनिवार्य बस्नु पर्नेछ। यदि नबस्ने स्थिति भएमा सामुहिक क्वारेन्टाइन मा बस्नु पर्ने कुरा पनि जानकारी गराउनु भयो |