नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा सहयोग सामाग्री वितरण

लम्की/ बैशाख १३,

कैलालीको लम्कीचुहा नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा सहयोग सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले क्वारेन्टाइनमा रहेका नागरिकका लागि आवश्यक पर्ने सामान शनिबार सहयोग गरेको हो । क्वारेन्टाइनमा बसेकाहरुका लागि सुरक्षा तथा बसाइ व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको उपशाखाले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनका लागि २५ थान कम्बल, १० थान किटनाशक झुल, ४ थान टुटी सहितका बाल्टीन वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैनाले नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीलाई एकमुष्ट रूपमा उक्त सामान हस्तान्तरण गर्नुभएको हो । यसअघि समेत गएको चैत्र १४ गते उपशाखाले ३० थान कम्बल, ३० थान किटनाशक झुल, २० थान बाल्टी र ८ थान जग क्वारेन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको थियो । लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखामा पुगेर रेडक्रस सोसाइटी बलिया उपशाखाको टोलीले सहयोग सामाग्री हस्तान्तरण गरेको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशी, कोषाध्यक्ष मोतीप्रसाद उपाध्याय, बलिया उपशाखा सचिव बिनोद आचार्य, कोषाध्यक्ष प्रेमराज मुडभरी, सदस्य विष्णुप्रसाद खनाल लगायतको सहभागिता रहेकोे थियो ।

लम्कीचुहा नगरपालिकाले भारत लगायत विभिन्न देशबाट नेपाल फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण तथा निगरानी गरिरहेको छ । स्थानीय तहले संघीय सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण हुन नदिन क्वारेन्टाइन स्थापना गरि नियन्त्रण तथा रोकथामको प्रयास गरिरहेका छन् । कोरोनाको सम्भावित संक्रमणको जोखिम बढेको भन्दै लम्कीचुहा नगरपालिकाले विभिन्न वडाहरुमा क्वारेन्टाइन निर्माण गरि भारतका सीमा नाका तथा बाहिरबाट नगरपालिका प्रवेश गरेका नागरिकलाई राख्दै आएको छ । प्रकोप फैलिन नदिन अहिले उच्च सतर्कता अपनाइएको छ भने, कतिपय गाउँ/नगरपालिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि समन्वय समिति र क्वारेन्टाइन व्यवस्थापनका लागि समेत समिति गठन गरिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.