काेराेनाकाे केन्द्रविन्दु उदयपुरमा जाँच गर्न उपकरण अभाव

उदयपुर : तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या रहेको हो ।

स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दबाब भए पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गर्ने कुनै उपकरण नभएको कारण प्रदेश र सङ्घीय सरकारको मुख ताक्नुबाहेक विकल्प नरहेको पनि स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख सुवेदी बताउनुहुन्छ । अहिले भुल्केवासी र गाईघाट बजारवासीले दिनानुदिन कोरोनाको सङ्क्रमण स्थानीयवासीमा देखिने र पुष्टि हुँदै गएपछि छिटोभन्दा छिटो सबै अन्य स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

भुल्केमा अहिले कोरोना सङ्क्रमित भएका २४ मध्ये १० जना सोही स्थानका स्थानीय बासिन्दा रहेको र धेरै भुल्केका कोरेना सङ्क्रमित स्थानीयवासी गाईघाट बजारमा विभिन्न पसल सञ्चालन गर्ने र सब्जी व्यापार गर्ने गरेको गाईघाट वडा नं १२ का वडाध्यक्ष जयविक्रम राई बताउनुहुन्छ । अब भुल्केमात्र नभएर कोरोनाको आशङ्कामा सम्पूर्ण गाईघाटवासीको स्वाब नमूना सङ्कलन गर्नुपर्ने अवस्था आएको र आफूहरुको माग रहेको गाईघाटका स्थानीयवासी बताउँछन् ।

यता त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले अहिले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको बताउनुभयो ।

उदयपुरमा अहिले भुल्के क्षेत्र मात्र नभएर जिल्लाको चौदण्डी नगरपालिकाको सिवाइको मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिदमा समेत भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने कारण पनि तीव्ररूपमा कोरोना परीक्षणका लागि उपकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कोरोना जाँच र स्वाब नमूना सङ्कलन गर्ने उपकरण र सामग्री अभाव रहेको उहाँले बताउनुभयो ।

गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो ।

यस्तै बिराटनगर घर भई भुल्केमा अस्थायीरूपमा बस्दै आएका अर्का नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मङ्गलबार बिहान भुल्केका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार बेलुकी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले बताएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.