हावाहुरीका कारण पालुङ्टार ७ को च्याङ्लीमा फलफूल खेतीको क्षतिको बिवरण संकलन गरिँदै

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ८, गोरखा

गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा बैशाख ५ गते साँझको बर्षा र हुरीबतासका कारण फलफूल खेतीमा भएको क्षतिको बिवरण संकलन गर्ने कार्य भइरहेको छ । हावाहुरीका कारण अधिक क्षति भएका कारण ६ गते हरेक घर घरमा पुगेर नगरप्रमुख दिपक बाबु कंडेल र वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ सहित को टोलीले घरको क्षतिको बिवरण संकलन गरेका थियो । त्यस्तै ७ गतेदेखि नगरपालिकाकी उप प्रमुख पम्फा बसेल र वडाध्यक्ष श्रेष्ठ सहित कृषि कार्यालयका प्रतिनिधी सहित इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र अस्थायी प्रहरी पोष्ट बिरुवाटारका प्रतिनिधीहरुको टोलीले फलफूल खेतीमा भएको क्षतिको बिवरण संकलन भइरहको छ ।
७ र ८ गते सम्ममा ६० भन्दा बढी किसानको घरमा पुगेर उनीहरुको खेतीमा भएको क्षतिको बिवरण संकलन गरिएको र अझै बाँकी रहेकाहरुको निरन्तर रुपमा लागिरहेको नगर उप प्रमुख बसेलले बताउनुभयो । क्षतिको एकिन बिवरण नआइसकेको भए पनि करीब करोडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । नगरपलिकाको वडा नं. ७ र ८ मा अधिक मात्रामा लिची र केराको खेती गरिएको छ भने गत बर्षदेखि यस क्षेत्रलाई लिची ब्लक एरिया बनाउन किसानहरु तथा नगरपालिका लागिपरेको छ । यस क्षेत्रबाट हरेक बर्ष करोडौंको लिची बाहिरिने गरेको छ । त्यस्तै गरी केरा खेती पनि उत्तिकै मात्रामा रहेको छ । हावाहुरी का कारण अधिकाँश केराका बोटहरु भाँचिएका छन भने लिचीका हाँगाहरु भाँचिनुका साथै बोट उखेलिएका छन् ।

बिवरण संकलनका लागि वडासदस्यहरू पनि किसानकाे बारी तथा घरदैलाेमा पुगेका छन भने प्रहरी प्रशानसनले पनि सहजीकरण गरिरहेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.