तरकारी कृषकको समस्या बारे चासो लिदै सांसद श्रेष्ठ

मदन तिमल्सेना
तनहुँ, बैशाख ५ गते

तनहुँ जिल्ला क्षेत्र नं १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले तनहुँ जिल्ला आबु खैरेनी गाउपालिका वडा नं १ मा रहेको बरादीका किसानहरुसग लकडाउनको समयमा तरकारी खेति तर्फ परेका समस्याहरुका वारेमा टेलीकन्फेरेन्स मार्फत चासो व्यक्त गर्नुभएको छ । शुक्रबार आवुखैरेनीको बरादीमा रहेको मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सांसद श्रेष्ठको समन्वयमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा तरकारी बालीको समयमा लकडाउन भएको कारण कृषकको तरकारी बजार जान नसकेको र बजार पनि नपाएको अवस्थामा कसरी कृषकको उत्पादन बिक्री गर्न सकिन्छ भनेर चासो तथा चिन्ता व्यक्त गरिएको थियो । उक्त अवसरमा भिडियो कन्फरेन्स मार्फत श्रेष्ठले सहकारीका अध्यक्ष ईश्वर बाबु गौली तथा आवुखैरेनी गाउपालिकाका प्रशासकीय अधिकृत दिपक रेग्मी सग सम्वाद गर्दै कृषकको समस्या समाधान गर्न पहल गरिरहेको बताउनु भयो र त्यस क्षेत्रको तरकारी तनहुँ जिल्लामा नै खपत गराउन आफुले सबै व्यापारी तथा जनप्रतिनिधिहरुसग पहल गरिरहेको बताउनुभएको
थियो । उक्त कार्यक्रममा आवुखैरेनी गाउपालिका का प्रशासकीय अधिकृत दिपक रेग्मी, ईलाका प्रहरी कार्यालय आवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी , सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्का, सांसद श्रेष्ठ सांसद सचिवालयका सचिव अनिल पाण्डे, तरकारी व्यावसायी संघ तनहुका अध्यक्ष विजयराज पौडेल, व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य रविन पौडेल, मिलिजुली कृषि उत्पादक
सहकारी संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरुले यहाको तरकारीलाई तनहुँ जिल्लामा नै बिक्री वितरणको लागि सहजीकरण गर्नको लागि स्थानीय निकाय, तनहुँ उध्योग बाणिज्य संघ अन्तर्गतका विभिन्न बजार ईकाई, दमौली , आवुखैरेनी, डुम्रे, खैरेनीटार, दुलेगौंडा, भिमाद लगायतका वजारका व्यापारीहरुसग छलफल गरिने बताउनुभएको थियो साथै तरकारी तथा किसानका अन्य समस्याहरुलाई पनि छिट्टै सामाधान गरि बारीमै कुहिन लागेको तरकारी जोगाउनु पर्ने कृषक तथा संस्था कि उपाध्यक्ष तुलसीमाया पन्तको भनाई रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.