सन्तोष बस्नेत (टोकियो)
प्रधानमन्त्री शिन्जो आबेले जापानभर संकटकालको घोषणा गरेका छन् ।कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन जापानभरका ४७ ओटै प्रिफेक्चरमा संकटकाल लागू हुने विहिबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
टोकियो, चिबा, साइतामा, खानागावा, ओसाका, ह्योगो, फुकुओका, आईची तथा होक्काईदोमा जस्तै अन्यत्र पनि संक्रमितहरुकोसंख्या बढ्दै जाँदा ४७ वटै प्रान्तहरुमा आपतकाल घोषणा गरि प्रभावकारी नियन्त्रण गर्न आवश्यक रहेकाले सरकारले यस्तो निर्णय गरेको हो ।आपत्काल तत्काललाई मे महिनाको ६ तारिखसम्मको लागि रहने बताईएको छ ।कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन र थप नफैलियोस भनेर सजगता अपनाउन सहज होस भन्ने हेतुले संकटकाल घोषणा गरिएको उनले उल्लेख गरे ।
४७ ओटा प्रिफेक्चरमा संकटकाल घोषणा भएसंगै प्रत्येक व्यक्तिलाई १० मान येन १ लाख जापानी येन नगद दिइने समेत उनले घोषणा गरेका छन् । केही दिनमै संसदमा पेश गर्न लागिएको बजेटमार्फत सो रकम दिने तयारी गरिने सरकारी श्रोतलाई उधृत गर्दै माइनिची सिन्बुनले आफ्नो अनलाइन संस्करणमा खबर लेखेको छ ।प्रधानमन्त्रीले बिहिबार साँझ विज्ञ तथा सल्लाकारहरुसंग संकटकालको घोषणा गर्ने–नगर्नेबारे छलफल गरेका थिए । मानिसहरुको आवतजावत घटाउन संकटकाल प्रभावकारीहुनेमा विज्ञहरुले जोड दिएका थिए ।
बिहिबार जापान भरमा एकैदिन ५ सय ७० जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । यो संगैजापानभित्रै संक्रमितहरुको संख्या ९ हजार २ सय ९२ जना पुगेको छ । डायमण्ड क्रुजका संक्रमितहरुको संख्या पनि जोड्दाजापानमा संक्रमितको संख्या १० हजार ४ जना पुगेको छ ।