बन्द भएकाे अबधिकाे पढाइ जाडाे विदा, गर्मी विदामा हुने

काठमाडौ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिनुभयो । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उहाँको भनाइ छ ।

 

मन्त्री पोखरेलले विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उल्लेख गर्नुभयो । ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उहाँको भनाइ छ । सङ्कटलाई हेरेर जोखिमको थप विश्लेषण गर्दै अगाडि बढिने पनि उहाँले जनाउनुभयो ।

परिस्थितिमा परीक्षा निर्भर

मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताउनुभयो । तयारीका लागि केही समय दिनुपर्ने मन्त्री पोखरेलको भनाइ छ । हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।

यो अवस्थामा परीक्षाको वातावरण बन्न र समाजमा विद्यमान त्रास हट्न केही समय लाग्ने मन्त्री पोखरेलको भनाइ छ । उहाँले कोरोनाको समस्यासित जुधेका चीनका केही सहरमा पनि शैक्षिक संस्था सञ्चालन हुन नसकेको सन्दर्भ स्पष्ट गर्दै नेपालमा पनि विद्यालय खुल्न र परीक्षा सञ्चालन हुन केही समय लाग्ने बताउनुभयो । मन्त्री पोखरेलले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा पुग्ने अवस्थामा विद्यालयलाई क्वारेन्टाइनका रूपमा सञ्चालन गर्न थालिएको बताउँदै यसले गर्दा विद्यालयको नियमित कक्षा सञ्चालन र परीक्षाको वातावरण बन्न समय लिने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

विद्युतीय माध्यमबाट पढाइने
यसैबीच शिक्षामन्त्री पोखरेलले लकडाउन कायम रहेको तथा विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थामा विद्युतीय माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तता दिइने योजना रहेको बताउनुभयो । अनलाइन माध्यमबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सकिन्छ कि भन्ने हिसाबले आफूहरू त्यसको गृहकार्यमा जुटेको जानकारी उहाँले दिनुभयो ।

विदेशका विद्यार्थीको समस्या समाधान गरिने
कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन भिसामा विभिन्न मुलुकमा पुगेका विद्यार्थीले समस्या पाएको जानकारीमा आएकाले आफूहरू यसको समाधानमा जुटेको जानकारी उहाँले दिनुभयो । अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, साइप्रसमा अध्ययनका लागि पुगेका तर एक वर्ष अवधि नपुगेका विद्यार्थीले आफूहरूलाई समस्या भएको जानकारी शिक्षा मन्त्रालयलाई गराएका छन् । यसका लागि ती देशका दूतावास, सरकार र नेपाली सङ्घसंस्थासित समन्वय गरेर कूटनीतिक पहलमा समस्याको समाधानका लागि पहल थालिएको उहाँले जानकारी दिनुभयो ।

साथै नेपालमा रहेका ती विद्यार्थीका अभिभावकसित समेत कुराकानी भइरहेको र नेपाल राष्ट्र बैङ्कमार्फत सजिलो तरिकाले पैसा पठाउने प्रबन्ध मिलाइएको मन्त्री पोखरेलले बताउनुभयो । नेपालमा रहेका विदेशीलाई समस्या परेको अवस्थामा आफूहरूले समस्या समाधान गरिदिने गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली विद्यार्थीको समस्या समाधानमा पनि सम्बद्ध मुलुकबाट पहलको अपेक्षा गरिएको बताउनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.