चिनियाँ जनमुक्ति सेनाले बनाएकाे कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण

गाेरखा संसार

काठमाडौँ। चिनियाँ जनमुक्ति सेना कोरोना भाइरसविरुद्धको खोप बनाउन सफल भएको छ । जनमुक्ति सेनाले तयार गरेको खोप मानिसमा परीक्षणको चीन सरकारले अनुमति दिएको छ ।

औषधि नपाएर पूरै विश्व आक्रान्त भइरहेको छ । दिनदिनै मानिसहरु ज्यान गुमाउन बाध्य छन् । चीनकाे वुअान शहरबाट सुरु भएको कोरोनाभाइरस युरोप हुँदै अहिले अमेरिकालाई केन्द्र बनाएर संसरभर फैलिरहेको छ । अहिलेसम्म कुनै  देशले पनि औषधि तयार पार्न नसक्दा मानिसहरु निरास हुँदै गइरहेका थिए ।

चिनियाँ जनमुक्ति सेनाले मानिसमा सफल परीक्षण गरेको खबरले पूरै विश्वको मान्छेमा बाच्ने आशाको किरण पलाएको छ । आइतबार खोप परीक्षणको अनुमति दिइएको थियो । यो सँगै खोपको परीक्षण गरेको फोटो सार्वजनिक भएसँगै विश्वभर खुशीयाली छाएको छ । खोपको जनमुक्ति सेनाकी सबैभन्दा बरिष्ठ वैज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो ।

कोरोनासँग लड्दै चिनियाँ जनमुक्ति सेनाले गएको १७ मार्चदेखि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल सुरु गरिएको थियो । परीक्षण लगत्तै सकारात्मक रिपोर्ट आएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चीनले भ्याक्सिनको क्लिीनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो परीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खोपको परीक्षण अवधि पूरा गरिसकेका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको चिनियाँ संचामाध्यमहरुले बताएका छन् ।

पहिलो परीक्षण चिनको वुहाना गरिएको हो । खोपले अनुमति पाउनुभन्दा पहिले मार्च २२ मा कोरोनाविरुद्धको खोप परीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई परीक्षणमा सामेल गराइएको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

परीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खोपको सामान्य डोज दिइएको छ भने अर्को समूहलाई मध्यम डोज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डोजमा खोप दिएर परीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।

परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई सहभागी गराइएको छ । खोपको परीक्षण गरिएका कोरोना संक्रमितहरु सन्चो भएर घर फर्किसकेका छन् । उनीहरुलाई अझै पनि मेडिकल निगरानीमै राखिएको छ ।

परीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँडिएको छ । तीनै समूहका स्वयेंवकहरुलाई खोपको फरकफरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ ।

यी सबैलाई फरक फरक दिन खोप दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् । आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा कोरोनाभाइरसको संक्रमण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

जब उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने क्षमता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भाइरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ । वैज्ञानिक चेन वीका अनुसार पहिलो परीक्षण लगभग सफल भएको छ । उनले यो खोपको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.