स्वास्थ्यकर्मी नै रोग विरुद्धका मुख्य सेना हुन् ः मन्त्री थापा

राजेन्द्र न्यौपाने
गोरखा १ बैशाख । गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९ ) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । आज गोरखा जिल्ला अस्पतालमा भइरहेका गतिविधिहरुको जानकारी लिएपछि मन्त्री थापाले सो कुरा बताएका हुन । मन्त्री थापाले भने, ‘जसरी देशको सिमा रक्षा गर्न सेना अग्रमोर्चामा रहन्छ त्यसैगरी रोगसँग लड्न स्वास्थ्यकर्मीहरु नै अग्रमोर्चामा रहन्छन् । तपाइँहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको व्यवस्थापनका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्छ । निर्धक्कसँग विरामीको उपचार गर्नुहोस् । ’
अस्पताल अनुगमनका क्रममा मन्त्री थापाले स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै अस्पतालमा आएका विरामीहरुको भएका स्रोतसाधन र जनशक्ति परिचालन गरी उपचार गर्न सुझाव दिएका थिए ।
जिल्ला अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेकोले आवासगृहलाई अस्पतालको रुपमा सञ्चालन गरिएको छ । डाक्टरहरुको आवास भाडामा लिएर भएपनि तुरुन्त सञ्चालन गर्न उनले अस्पताल विकास समितिलाई निर्देशन दिएका छन् ।
गएको भदौ महिनादेखि दुर्गम जिल्ला गोरखामा काम गर्ने डाक्टरहरुले चिकित्सक भत्ता, जोखिम बहन भत्ता समेत पाउन सकेका छैनन् । गोरखा जिल्लामा कार्यरत रहेर अध्ययन विदामा रहेका चिकित्सकहरुलाई समेत सरकारले तलव निकासा गरेको छैन ।
मन्त्री थापाले प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको तत्कालिन वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कुनै पनि नागरिक भोकै बस्नु नपरेको बताए । जिल्लाको उत्तरी क्षेत्रमा खच्चडबाट हुने ढुवानी बन्द गरिएको र अत्यावश्यक बाहेकका सबै सवारीसाधनहरु चल्ल निषेध गरेको मन्त्रीलाई जानकारी गराएका छन् । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने क्रममा सबै नतिजा नेगेटिभ देखिएको पौडेलको भनाई थियो । मन्त्री थापाले सुरक्षाकर्मीहरुको मनोबल उच्च हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।
गोरखा गृह जिल्ला घर भएका मन्त्री थापाले द वल्ड क्यापिटल विद्यालयमा निर्माण भएको आइसोलेशन कक्षको समेत अनुगमन गरेका थिए । अनुगमनको क्रममा हात धुने पानीको धारा, पकाउने ठाउँ, डाक्टर बस्ने ठाउँ, डाक्टर र विरामी हिड्ने अलग अलग बाटो निर्माण, रङरोगन, प्रयाप्त ग्याँस सिलिण्डरको व्यवस्थापन तत्काल गर्न सुझाव दिए । जिल्ला अस्पतालमा आइसियु कक्ष निर्माणको तयारी थाल्न उनले निर्देशन दिएका छन् । बाग्लुङमा टेन्डर समेत भईसकेको बताउँदै आवश्यकता र जोखिमको हिसावमा पनि गोरखाले ढिला गर्न नहुने उनले बताए ।
अस्पतालमा आवश्यक पर्दा तत्काल प्रयोगका लागि १० थान पिपिइ सेट मन्त्री थापाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापालाई हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.