साँसद खड्काद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र मिडियाकर्मीलााई सलाम

राजेन्द्र न्यौपाने
गोरखा, २९ चैत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवंं प्रतिनिधिसभा साँसद चुडामणि खड्का (क.प्रकाश) ले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र मिडियाकर्मीले राम्रो काम गरेको भन्दै सलाम व्यक्त गरेका छन् ।
खड्काले आज डिजिटल सोसल मिडिया फेसबुक मार्फत एक विज्ञप्ती जारी गर्दै सलाम टक््रयाएका हुन् । विज्ञप्तीमा खड्काले भने,“ विषम परिवेशमा अग्रमोर्चामा रहेर स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरुले जुन ऐतिहासिक भाूमिका निवार्ह गर्नुभएको छ, उहाँहरु प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र मेरो तर्फबाट र्हािर्दक सलाम टक््रयाउन चाहन्छु । मिडियाकर्मी साथीहरुले सहि सूचना दिएर जनतलाई सचेत गराउनुभएकोमा उहाँहरु प्रति र्हािर्दक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
जिल्ला वाहिर र विदेशबाट समेत भर्खरै गाउँ आउनु भएका दाजूभाई दिदी बहिनीहरुले तोकिएको समय अनुसार स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर यो विपत्तिलाई सहयोग गर्नुपर्ने । विसन्चो महसुस भएमा स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउनु अनुरोध गर्दै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु राम्रो भएको उनले बताएका छन् ।
खड्काले कोविड १९ को विश्व मानव जगतमा पारेको प्रभावले विश्वमा नयाँ चित्र कोरिदै गएको हामी अनुभुत भएको बताएका छन् । समाजवाद भन्दा अर्को विकल्प यो समस्या समाधान गर्नको निम्ति नभएको पनि पुष्टि हुँदै गईरहेको उनको भनाई छ ।
महाविपत्तिमा सम्पूर्ण आदराणीय प्यारा जनसमुदायहरु, लकडाउनलाई दृढतापूर्वका कार्यन्वयन गराउने काम गर्नु नै एक मात्र उपचार भएको कारणले गर्दा यसलाई गम्भिरताका साथ लिन अनुरोध गरेका छन् । आम जनसमुदायलाई पर्ने कुनै पनि समस्या र दुखमा म समुदायकै साथमा रहेको बताउँदै मानव जातिलाई परेको समस्या समाधान गर्न विश्वका मानव समुदाय एक भएर कोभिड विरुद्दको लडाईमा विजय प्राप्त गर्न उनले आग्रह समेत गरेका छन् ।

                                                                  बिज्ञप्तिकाे पूर्ण विवरण ः 

मिति ः २०७६।१२।२९
                                                                             प्रेस विज्ञप्ती
विश्व मानव जगतमा यतिबेला पर्न आएको महाविपत्ति COVID 19 अर्थात कोरोनाभाइरसको महामारीबाट विश्वका नागरिकहरु आक्रान्त छन् । यसको लडाईको विरुद्ध सम्पूर्ण मानव समुदायहरु एकजुट भएर लडिरहेको बेलामा हाम्रो देश र गोरखा जिल्लामा पनि केही समयदेखि यसको विरुद्ध हामीहरु एकजुट भएर लडिरहेका छौं । यसै परिवेशमा तपाईँहरु आम जनसमदाुलाई असुविधा भएको प्रति हामी गम्भिर छौं । सरकारको नीति, निर्देशन र आदेश मान्नुको अर्को विकल्प हामी सामु छैन । विपत्तिको समयमा एउटाले अर्कोलाई सहयोग गर्नु पर्दछ । गोरखा जिल्ला घरभई जिल्ला वाहिर र विदेशबाट समेत भर्खरै गाउँ आउनु भएका दाजूभाई दिदी बहिनीहरुले तोकिएको समय अनुसार स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर यो विपत्तिलाई सहयोग गर्नुपर्दछ । विरामी भइहालेमाअस्वस्था महसुस भएमा स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउनु अनुरोध गर्दछु । केन्द्र सरकारसँग समन्वय गरी गोरखा अस्पतालमा भर्खरै आइसियु कक्ष सहितको अस्पताल निर्माणको थालनी गरेका छौं । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु राम्रो हो । उपचार गर्न पर्दा आफ्नै जिल्लामा रहेको अस्पतालमा सबैले उपचार पाउन भनेर यहाँ सेवासुविधा थप गर्न हामी लागि रहेका छौं ।
विषम परिवेशमा अग्रमोर्चामा रहेर स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरुले जुन ऐतिहासिक भाूमिकका निवार्ह गर्नुभएको छ, उहाँहरु प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र मेरो तर्फबाट हार्दिक सलाम । मिडियाकर्मी साथीहरुले सहि सूचना दिएर जनतलाई सचेत गराउनुभएकोमा उहाँहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चहान्छु । मजदुरहरुलाई परेको समस्या समाधानका लागि स्थानीय सरकारलाई सहयोग गर्न अपिल गर्दछु । कोविड १९ को विश्व मानव जगतमा पारेको प्रभावले विश्वमा नयाँ चित्र कोरिदै गएको हामी अनुभुत गर्न सक्छौं । समाजवाद भन्दा अर्को विकल्प यो समस्या समाधान गर्नको निम्ति नभएको पनि पुष्टि हुँदै गईरहेको छ । यस महाविपत्तिमा सम्पूर्ण आदराणीय प्यारा जनसमुदायहरु, लकडाउनलाई दृढतापूर्वका कार्यन्वयन गराउने काम गर्नु नै एक मात्र उपचार भएको कारणले गर्दा यसलाई गम्भिरताका साथ लिन हार्दिक अनुरोध गर्दछु । तपाईँहरुलाई पर्ने कुनै पनि समस्या र दुखमा म तपाईँहरुकै साथमा रहनेछु । मानव जातिलाई परेको समस्या समाधान गर्न विश्वका मानव समुदाय एक भएर कोभिड विरुद्दको लडाई विजय प्राप्त गरौं ।

चुडामणि खड्का
सांसद
प्रतिनिधि सभा
सम्पर्क ९८५१०१९२९४

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.